साहित्य

एजेन्सी । क्विन ब्याण्डको बायोग्राफी चलचित्र बोहेमियन र्यापसोडीबाट बेस्ट एक्टरको ओस्कार जितेका रमी मलिक ‘जेम्स बोण्ड २५’ नामक चलचित्रमा भिलेनको भूमिकामा देखिने भएका छन् । प्रस्तुत चलचित्र एम–१६ काे एजेन्टको रूपमा देखिएका ड्यानिल क्रेगको पाँचौं अनि अन्तिम चलचित्र हुने बताइएको छ । चलचित्र केरी फुकुनगाले निर्देशन गर्नेछन् ।
चलचित्र अर्को वर्ष रिलिज हुने तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६ १४:२२
प्रतिक्रिया दिनुहोस्