
जुनेली रात
जुनेली रातको बेलामा
मलाई खुसी लाग्दछ
अध्ँयारो चिरेर जुनले
उज्यालो ज्योति छाउँदछ ।
जून हो साथी मेरो त
उज्यालोमा रमाउँछु
शीतल चाँदनी पिएर
आनन्दमा हराउँछु ।
खुसीको दीप चन्द्रमा
हाँसो र खुसी फुल्दछ
वस्न्त फुल्छ जूनमा
रातको उज्यालो मुनामा ।
चुट्किला
पहिलो साथी– तिम्रो अनुहार हेर्दा त पहिलेका मानिस बाँदर थिएजस्तो लाग्छ ।
दोस्रो साथी– तिम्रो अनुहार हेर्दा त अहिलेका मानिस बाँदर हुन् कि जस्तो लाग्छ ।
०००
गुरु– के वन–जङ्गलको हावा स्वस्थकर हुन्छ ?
विद्यार्थी– हुन्छ, सर !
गुरु– कसरी ?
विद्यार्थी– सर, मैले आजसम्म जङ्गली जनावर अस्पताल गएको देख्या छैन ।
०००
रमेश– जुनसुकै मान्छेले मलाई जेसुकै भनून्, तर म त्यसको आधा मात्र विश्वास गर्छु ।
कैलाश– त्यसोभए तपाई के हो ?
रमेश– म वकिल हुँ ।
कैलाश– मचाहिं जुनसुकै मान्छेले जेसुकै भनून्, त्यसको दुईगुणा गर्छु ।
रमेश– त्यसोभए तपाईंचांहि को हो त ?
कैलाश– म कर अधिकृत हुँ ।
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री)