site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
समाजसेवी काशीनाथ जोशी सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डा. बिहारीलाल श्रेष्ठ–स्मृति कोषले २०७६ सालको डा. बिहारीलाल श्रेष्ठ–राष्ट्रसेवा पुरस्कार सप्तरीमा रही शिक्षाका क्षेत्रमा क्रियाशील समाजसेवी काशीनाथ जोशीलाई प्रदान गरेको छ । 
काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा समाजसेवी जोशीलाई सो पुरस्कार प्रदान गरियो । तिरहुत गाउँपालिका, मेडियामठ सप्तरीमा सर्बोदय एवम् बाबा वनखण्डी गुरूकुल स्थापना गरेर शिक्षाका क्षेत्रमा उनले पुर्याउँदै आएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारका साथै नगद राशी २५ हजार १ रुपैयाँ पनि समाजसेवी जोशीलाई प्रदान गरियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रदान गरेका थिए ।
समाजसेवी काशीनाथ जोशीले गुरुकुलको स्थापना गरी पूर्वीय आर्ष वाङ्मयिक शिक्षाका माध्यमबाट निरन्तर शिक्षाको आलोक छर्नुका साथै सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण सम्वद्र्धनमा कटिबद्ध रही दीनदुःखीको सेवामा आफूलाई समर्पित गर्दै आएका छन् । कार्यक्रम मातृभूमि सेवक संघ नेपाल तथा डा. बिहारीलाल श्रेष्ठ स्मृति कोषको आयोजनामा सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्