साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टिवाइटिक खाउँला...’ सार्वजनिक गरिएको छ ।
मीना निरौलाको स्वर रहेको गीतमा हरिवंश आचार्यको शब्द रचना छ भने सम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।
गीतमा प्रियंका कार्की आइटम डान्सरका रुपमा फिचर्ड छिन् । किरण केसीले निर्माण गरेको चलचित्रलाई सुधन केसीले निर्देशन गरेका छन् ।
वैशाख २० गते रिलिज हुने चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह लगायत कलाकार मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६ १२:०५
प्रतिक्रिया दिनुहोस्