site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बद्रि पंगेनीले गाए क्रिकेट गीत

काठमाडौं । चर्चित गायक बद्रि पंगेनी र पुर्णकला विसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्वजनिक गरेका हुन् ।

‘रंगशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर विसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरीएको छ । 

खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रंगशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १९:५०
प्रतिक्रिया दिनुहोस्