site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले चलचित्रमा आफ्नो बाटो आफैं कोरे
SkywellSkywell

काठमाडौं । ओस्कार इन्टरनेशनल कलेज चलचित्र सम्बन्धि पढाइ हुने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको एक मात्रै कलेज हो । चलचित्रसँग सम्बन्धित अभिनय, निर्देशन, ध्वनी, क्यामेरा र सम्पादन यो कलेजमा पढाइ हुन्छ । विसं २०६१ सालबाट सञ्चालनमा आएको यो कलेजमा अहिलेसम्म करिब सात सय विद्यार्थी अध्ययन गरिसकेका छन् । स्नातक तहको अध्ययन हुने यो कलेजका विद्यार्थी अहिलेको चलचित्र बजारमा थुप्रै छन् ।

नायक राजवल्लभ कोइराला ओस्कार इन्टरनेसनल कलेजको पहिलो ब्याचका विद्यार्थी हुन् । कुनै समय नेपाली चलचित्रमा निकै रुचाइएका यी अभिनेता ‘पर्खि बसेँ’, ‘हे युवा’, ‘गुरु दक्षिणा’, ‘सम्झना’, ‘छोडी गए पाप लाग्ला’, ‘मसान’, ऋतु’ लगायत दुई दर्जनभन्दा धेरै चलचित्रमा उनले अभिनय गरे । राजवल्लभ अहिले अमेरिकामा छन् । 

ओस्कार कलेजका पहिलो व्याचकै विद्यार्थी हुन् निर्देशक विनोद पौडेल । उनले निर्देशन गरेको चलचित्र हो, ‘बुलबुल’ । ‘बुलबुल’का लेखक पनि रहेका विनोदले सुरुआती दिनमा केही चलचित्रमा अभिनयसमेत गरेका थिए । उनी ८ वर्षयता सोही कलेजको प्रिन्सिपल छन् । 

KFC Island Ad
NIC Asia

चलचित्र ‘लुट’ निर्देशक निश्चल बस्नेत पनि ओस्कार इन्टरनेसनल कलेजकै विद्यार्थी हुन् । ‘लुट’, ‘टलकजङ्ग भर्सेस टुल्के’, ‘लुट–२’ निर्देशन गरेका निश्चल अहिले अभिनयमा व्यस्त छन् । ‘दुई रुपैयाँ’ लगायतका चलचित्रमा अभिनय गरेका निश्चलले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘प्रसाद’ हो । 

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने निर्देशक मीन भाम पनि ओस्कारकै विद्यार्थी हुन् । ओस्कार कलेज पढेका उनले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा सहभागिता जनाउनुका साथै विभिन्न टाइटलसमेत जितेको थियो । 

Royal Enfield Island Ad

नेपाली चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा सहभागी हुनसक्छन् र आफ्नै विषय आफ्नै शैलीमा बनाए त्यसले विदेशमा पनि राम्रो माइलेज पाउनसक्छ भन्ने उनले प्रमाणीत गरे । उनीसँगै यो श्रेय लिनेमा ‘ह्वाइट सन्’ निर्देशक दीपक रौनियार पनि हुन् । 

निर्देशक तथा अभिनेता जोयस पाण्डे पनि ओस्कारकै विद्यार्थी हुन् । जोयसले चलचित्र ‘साँघुरो’ निर्देशन गरेर वाहवाही बटुलेका थिए । जोयस अभिनेता पनि हुन् । चलचित्र ‘बुलबुल’मा गाडी मिस्त्रीको क्यरेक्टर गर्ने जोयश नै हुन् । 

अभिनेता मुकुन भुषाल पनि ओस्कारकै विद्यार्थी हुन् । मुकुन पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल कलाकार हुन् । चलचित्र ‘बुलबुल’मा मुकुनले चोपेन्द्रको भूमिका निभाएका थिए । मुकुन अहिले ओस्कारमा पढाउन थालेका छन् । उनी अभिनय पढाउँछन् । पूर्णेदू झा पनि ओस्कार इन्टरनेशनल कलेजकै विद्यार्थी हुन् । झाले चलचित्र ‘संरक्षण’ र ‘चौका दाऊ’ निर्देशन गरेका छन् ।     

निर्देशक प्रविण स्याङ्वोले पनि ओस्कार कलेजमै फिल्म पढेका हुन् । प्रविणले ‘अध्याय’ र ‘कथा–७२’ निर्देशन गरेका छन् । अभिनेत्री सुजता कोइरालाले पनि ओस्कारमै अभिनय पढेकी हुन् । उनले चलचित्र ‘मञ्जरी’मा अभिनय गरेकी थिइन् । ‘मञ्जरी’बाट तारिफ बटुले पनि उनी अभिनयमा बसिनन् । उनी अहिले अमेरिकामा छिन् ।

चलचित्र ‘अपवाद’ निर्देशन गरेका सुवास कोइराला पनि ओस्कार कलेज मै पढेका हुन् । सुवास अहिले अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल लक्षित चलचित्र बनाइरहेका छन् । 

नीर शाहको पहलमा स्थापना भएको यो कलेजको नेतृत्व डा. टिकाराम पोखरेल, लक्ष्मीनाथ शर्मा, घनश्याम खतिवडाले गरिसकेका छन् भने अहिले विनोद पोडैल कलेज प्रमुख छन् ।  अभिनय, निर्देशन, ध्वनी, क्यामेरा र सम्पादनका कक्षा सञ्चालन गर्दै आएको कलेजले यो वर्षबाट तीन वर्षे बीएको कोर्षलाई चार वर्षे बनाउँदैछ । पौडेलका अनुसार अब साविक पढाइ हुँदै आएका विषयसँगै पाठ्यक्रममा नयाँ विषय पनि थपिँदैछ । 

प्रोडक्सन डिजाइन, भिज्युअल एन्थ्रोपोलोजी, वल्र्ड लिट्रेचर मोभ्मेन्ट र अदर फम्स अफ आर्ट विषय थप गर्दैछ । जसमा रिसर्च मेथोडोलोजी, इङलिस लिट्रेचर, ड्रामा, पेन्टिङ र म्युजिक समावेश हुनेछन् । “थप गरिएको हाम्रो कोर्षले व्यक्तिलाई समाजप्रति थप जिम्मेवार बनाउने छ,” पौडेल भन्छन्, “राम्रो काम र व्यवहारसँग साक्षात्कार गराउने छ । आर्ट पैसासँग तुलना हुँदैन भन्ने बुझाउने छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro