site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुबईमा भोली ‘धुर्मुस सुन्तली साँझ’, पुस्पन र मेलिनाको पनि प्रस्तुती

काठमाडौं । दुबईमा भोली (शुक्रबार) ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने भएको हो । 

दुबईस्थित सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा कार्यक्रम हुने धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ग्रान्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ ।

उक्त कार्यक्रममा गायक पुस्पन प्रधानले पनि आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । देशको खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने उदेश्यले निर्माण गर्न लागिएको रङ्गशलाको आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सभागी हुन पाउँदा आफूलाई खुसी लागेको भन्दै पुस्पनले भने, “यस्ता समाजिक कार्यका लागि मेरोतर्फबाट सधैँ सहयोग रहनेछ ।”

पुस्पनसँगै गायिका मेलिना राईले पनि उक्त कार्यक्रममा गीत गाउने छिन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:२८
प्रतिक्रिया दिनुहोस्