साहित्य

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को गीत सार्वजनिक गरिएको छ । ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा स्वर पनि राजनराज स्वम्को छ । उनलाई लेडिज भोकलमा मेलिना राईले साथ दिएकी छन् ।
साउन ३० गते रिलिज हुने चलचित्र ‘हजार जुनीसम्म’ लाई विकास आचार्यले निर्देशन गरेका छन् ।
चलचित्रमा आर्यन सिक्देल, प्रिंयका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुइटेल, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६ १५:४०
प्रतिक्रिया दिनुहोस्