
काठमाडौं । नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबको नेपाल च्याप्टरमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतले युट्युब च्यानलमा अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज पहिलोपटक बनाएर नयाँ रेकर्ड बनाएको छ ।
“यो गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । दश करोडको अपेक्षा राखेर बस्नुभएका सम्पूर्ण दर्शक तथा स्रोतालाई बधाई छ,” राजनराजले भने ।
‘कुटुमा कुटु’ युट्युबमा १० करोड पटक हेरिएको छ । यो गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा सन् २०१७ मे २८ मा अपलोड गरिएको थियो ।
यो गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् । गीतमा स्वर भने राजनराज सँगै मेलिना राई र राजन इशानको छ ।
गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आशिफ शाह फिचर्ड छन् । कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।