site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक

नयाँ दिल्ली । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको बायोपिक ‘प्रम नरेन्द्र मोदी’ सिनेमाको प्रदर्शनमा रोक लगाएको छ । यस्तो सिनेमाले निर्वाचनमा प्रतिस्पर्धी दलहरूकाबीच एक समान प्रतिस्पर्धा गर्ने वातावरण बिग्रने हुनाले यो सिनेमाको प्रदर्शनमा रोक लगाएको निर्वाचन आयोगले बुधबार (१० अप्रिल) मा जारी गरेको आदेशमा जनाएको छ । 

भारतमा १८ अप्रिल देखि करिब एक महिनासम्म विभिन्न मितिमा भारतीय लोकसभाका लागि निर्वाचन हुँदैछ । भारतीय प्रधानमन्त्रीको भूमिकामा नायक विवेश ओबरायले अभिनय गरेको चलचित्र ‘प्रम नरेन्द्र मोदी’को प्रदर्शन यही बिहीबारदेखि हुने निश्चित भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय निर्वाचन आयोगले आफ्नो आदेशमा कुनैपनि व्यक्तिचित्र सम्बन्धि सामग्री जसले राजनीतिक व्यक्तित्व वा राजनीतिक व्यक्तिसँग सम्बन्धित व्यक्तिलाई राजनीतिक लाभ दिने सम्भावना हुन्छ त्यस्तो सामग्री कुनैपनि विद्युतीय माध्यम र सिनेमाको माध्यमबाट देखाउन हुँदैन । 

आयोगले जारी गरेको नमूना आचार संहिता (मोडेल कोड अफ कन्डक्ट) लागू हुँदाको अवस्थासम्म त्यस्तो बायोपिक नदेखाउन सो आदेशमा उल्लेख गरिएको छ । 

भारतीय सर्वोच्च अदालतले मंगलबारको दिन भारतीय कांग्रेसका कार्यकर्ताले दायर गरेको रिट खारेज गर्दै सो निवेदनको सुनुवाईका लागि निर्वाचन आयोग उपयुक्त संस्था हुने जनाएको थियो । साथै सो सिनेमालाई सेन्सर बोर्डले पास नगरेको अवस्थामा सर्वोच्चले उजुरी सुन्नु ठिक समय नभएको पनि जनाएको थियो ।

बुधबार सेन्सर बोर्डले प्रधानमन्त्री नरेन्द्र मोदी सिनेमालाई ‘यू’ सर्टिफिकेट दिएको थियो । यू सर्टिफिकेट भन्नुको मतलब कुनैपनि उमेर समूहले सो सिनेमा हेर्न अनुकूल हुने भन्ने प्रमाण हो । तर बुधबारनै निर्वाचन आयोगले आदेश जारी गरेर सिनेमा देखाउन बन्देज लगाइदिएको छ । 

साथै, सिनेमाको पोस्टर र विज्ञापन गर्नु पनि आचार संहिता विपरित हुने सो आदेशमा स्पष्ट पारिएको छ । निर्देशक ओमुंग कुमारको सिनेमामा ओबरायका अतिरिक्त बरखा विष्ट, बोमन इरानी आदीको अभिनय रहेको छ । 
 

BREAKING: EC has stopped release of biopic of Prime Minister Narendra Modi @IndianExpress

— Ritika Chopra (@KhurafatiChopra) April 10, 2019

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १६:०७
प्रतिक्रिया दिनुहोस्