site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘यात्राः अ म्युजिकल भ्लग: एउटा प्रश्नको जवाफ मिलाए १ लाख

काठमाडौं । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सलिनमान बनिया स्टारर चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ले उपहार योजना ल्याएको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा प्रश्न सोधिएको छ, जसको सही जवाफ दिनेमध्येबाट एक जनाले एक लाख नगद पाउनेछन् ।

फिल्ममा मलिका महतले तस्प्याको भूमिका निर्वाह गरेकी, उनले आफ्नो आँखाको ज्योती कसरी गुमाउँछिन् ? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्ये एकमा टिक लगाउनु पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेलसहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउने चलपचत्र पनर्माण पक्षले जनाएको छ । सहभागिताको लागि https://meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु पर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालबाट विनर भए १ लाख नगद र विदेशबाट भए नौ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभमार्फत विजेता घोषणा गरिनेछ । 

चलचित्रमा सलिनमान बनिया सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १०:३५
प्रतिक्रिया दिनुहोस्