site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल आईडल – टेक्सास टुर २०१९ हुने 

काठमाडौं । नेपाली सङ्गीतको लोकप्रियतामा इँटा थप्न सफल “नेपाल आईडल” दोस्रो संस्करणका बिजेता रवि ओड,  बिक्रम बराल तथा सुमित पाठक सम्मिलित अमेरिका यात्रा हुने भएको छ ।  ११ मे शनिबार साँझ ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गीतिक कार्यक्रम स्वरुप नेपाल आईडल टेक्सास टुर हुने भएको हो ।

नेपाल आईडलकी होष्ट तथा नायिका रिमा बिश्वकर्माले शोको सञ्चालन गर्ने छिन । अमेरिकास्थित हरेक नेपाली संघसंस्था तथा नेपालीहरूबीच यस कार्यक्रम गरिने बोधी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष तथा व्यवसायी पासाङ लामाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त संस्थाका सीइओ रमेश एमके पौडेलले नेपाली साङ्गीतिक रियालिटी शोको ईतिहासमा सर्वाधिक सफल “नेपाल आइडल”को दोश्रो संस्करणका बिजेता रवी ओडसहित बिक्रम बराल तथा सुमित पाठकलाई अमेरिकामा स्वागत गर्नका तयार रहेको जानकारी दिए ।

त्यसका लागि यसबाट प्राप्त रकमको पनि उचित सदूपयोग गर्न सकिने बताइएको छ । पशुपतिनाथको मन्दिर तथा विश्व शान्तिका प्रतिक गौतम बुद्धको समर्पणमा बौद्ध गुम्बा अमेरिकामा निर्माण गर्नु रहेको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १९:११
प्रतिक्रिया दिनुहोस्