site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘क्याप्टेनको मानसिक–शारीरिक कारण उत्पन्न मानवीय त्रुटिले युएस बांग्ला जहाज दुर्घटना’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष बंगलादेशको एउटा जहाज दुर्घटनाको प्रमुख कारण ‘पाइलट (क्याप्टेन) को मनोवैज्ञानिक तथा शारीरिक कारण उत्पन्न मानवीय त्रुटि’ भन्ने निष्कर्ष निस्किएको छ ।  उक्त दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तयार गरेको अन्तिम प्रतिवेदनले क्याप्टेन अविद सुल्तान र को–पाइलट पृथुला रसिदको मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो । 

बंगलादेशको राजधानी ढाकाबाट २०७४ फागुन २८ गते काठमाडौं आएको यूएस–बांगला एयरवेजको ‘बम्बार्डियर ड्यास ८ क्यु४००’ सिरिजको ७४ सिट क्षमतायुक्त १७ वर्ष पुरानो जहाज दिउँसो २ः१८ बजे त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा चालकदलका ४ र ६७ यात्रु थिए । दुर्घटनामा परेका ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एकजना माल्दिभ्सका मध्ये परी २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र माल्दिभ्सका एकजना तथा चालकदलका सबै चारजना बंगलादेशीको मृत्यु भएको थियो भने २२ जना उपचारपछि सकुशल घर फर्किएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित दुर्घटना जाँच आयोगले विभिन्न स्रोत, यूएस–बांग्ला एयरवेजका अधिकारी, ती पाइलटका सहकर्मीदेखि ‘ककपिट भ्वासइ रेकर्डर’ (सीभीआर) मार्फत प्राप्त सूचना–जानकारी विश्लेषण गरी क्याप्टेनको मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोगले आइतबार पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार ‘जहाज कमान्ड गरेर आएका क्याप्टेन ढाकामा हुँदै एक महिला सहकर्मीले एउटा राम्रो प्रशिक्षक पाइलटको प्रतिष्ठा कायम गर्न नसकेको भन्दै प्रश्न गरेपछि थप मनोवैज्ञानिक दबाब तथा भावनात्मक समस्याका बीच जहाज लिएर काठमाडौं आएका थिए’ उल्लेख छ ।

प्रतिवेदनका अनुसार यही कारण चालकदलले जहाजलाई उड्डयन नियमअनुसार विमानस्थलसम्म ल्याउन नसकेको र त्यसबाट जहाजले तोकिएको उचाइ कायम गर्न नसकेको मात्र नभई त्रिभुवन विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटीसी) ले धावनमार्गको ‘जिरो टु’ (दक्षिणपट्टि) बाट अवतरण अनुमति दिए पनि चालकजलले ‘टूजिरो’ (उत्तरपट्टि) बाट अवतरण प्रयास गरेको थियो । जसका कारण जहाज धावनमार्गको बीच भागमा बज्रिँदै उछिट्टिएर काँडेतार सोहोर्दे पूर्वपट्टि घाँसेचौरमा धस्सिएर आगलागी भई भयानक दुर्घटनामा परेको थियो । जहाजको उडान नम्बर ‘एसजी२११’ थियो । 

Royal Enfield Island Ad

प्रतिवेदनका अनुसार बंगलादेशको उड्डयन नियमबमोजम उक्त जहाजको उडानयोग्य प्रमाणपत्र अद्यावधिक रहेको थियो । काठमाडौं आउँदा पनि दुर्घटनै हुने खालका कुनै प्राविधिक गडबडी जहाजमा थिएन । भुइँमा बजारिएर सामान्य क्षति पुगे पनि लगत्तै आगलागी भएपछि जहाज जलेर पूर्णरूपमा ध्वस्त भएको थियो । 

त्यसैगरी चालकदल पनि उड्डयन नियमअनुसार लाइसेन्स प्राप्त र उडान गर्न दक्ष थिए । उनीहरूले जहिले पनि तोकिएको समयमै उडान गर्ने गरेका थिए । सीभीआरको रेकर्डमा भने क्याप्टेनले उडान गर्ने अघिल्लो राति पर्याप्त निद्रा नपुर्‍याएको देखिएको छ । क्याप्टेनले त्यसअघि धेरैपल्ट काठमाडौंका लागि उडान गरे पनि को–पाइलट भने घटना भएको दिन पहिलो पटक जहाज लिएर काठमाडौं आएकी थिइन् । सीभीआर तथा प्रत्यक्षदर्शी जीवित यात्रुका अनुसार क्याप्टेनले उडिरहेको जहाजको ‘ककपिट’ मा चुरोट पिइरहेका थिए । 

“क्याप्टेनले काठमाडौं धावनमार्गको टूजिरोतर्फबाट अवतरण गर्न कहिल्यै पनि सिमुलेटर तालिम लिएका थिएनन,” प्रतिवेदनमा उल्लेख छ, “त्यसमाथि जहाजको उडान गम्भीर अवस्थामा पुगिसक्दा पनि क्याप्टेन अनावश्यक, अव्यावसायिक र लामो कुराकानीमा व्यस्त थिए जसका कारण ककपिटमा पालना गर्नैपर्ने सबै नियम उनले उल्लंघन गरेका थिए ।”

क्याप्टेनले आफ्नो पछिल्लो चिकित्कीय फारममा पनि धुमपान बानी तथा तनावबारे केही पनि उल्लेख नगरेको प्रतिवेदनमा छ । उडान क्रममा को–पाइलटसँग नरम र व्यावसायिक व्यवहार गरेका क्याप्टेनले अन्य विषयबारे कुरा गर्दा भने भावनात्मक रूपमा तनावमा रहेको व्यवहार गरेको पनि प्रतिवेदनको निष्कर्ष छ । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro