site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सेटमा ‘हैट’ भन्नैपर्ने बाध्यता छ
Sarbottam CementSarbottam Cement

नेपाली चलचित्र उद्योगमा चरित्र अभिनेताका रुपमा स्थापित कलाकार हुन्, बुद्धि तामाङ । ‘कबड्डी’बाट आफूलाई स्थापित गरेका उनको थेगो ‘हैट’ हिट छ ।‘कबड्डी’मा आठ वर्ष अगाडि बोलेको उक्त थेगो अहिले पनि उनी आफ्ना चलचित्रमा बोलिरहेका छन् । यसमा उनको आफ्नैबवाध्यता छ । आठ वर्षमा ४० भन्दा माथि चलचित्रमा अभिनय गरिसकेका उनका कति चलचित्रको रिलिज डेट नै जध्छन् । सेन्ट्रल क्यारेक्टरका लागि प्रोडुसरदेखि दर्शकसम्मले आग्रह गर्दा पनि उनले आँट्न सकेका छैनन्, किन ? यस्तै जिज्ञासाको जवाफ खोज्ने प्रयास गरेका छन् बुद्धिसँग बाह्रखरीका नरेश फुयाँलले । 

अहिले प्रदर्शन भइरहेका चलचित्र ‘छक्का पञ्जा’ र जय भोले’ मध्ये कुनचाँहि आफ्नो हो ?
दुइटै आफ्नो हो, (हा...हा...हा...)

जिम्मेवार अभिनेताका नाताले यसो भन्न मिल्छ ? एउटा चलचित्र रिलिज नभएसम्म अर्को चलचित्र खेल्न पाइँदैन भनिन्छ कतिय चलचित्र उद्योगमा ।
जिम्मेवार व्यक्तिका हिसाबले नै भनेको हुँ, दुइटै चलचित्र मेरा हुन् र मेरा लागि दुईटै समान छन् । घटस्थापना देखि ‘छक्का पञ्जा’ रिलिज भयो । फूलपातीबाट ‘जय भोले’ रिलिज भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

फूलपातीसम्म ‘छक्का पञ्जा’ त्यसयता ‘जय भोले’ आफ्नो हो ?
त्यसो पनि भन्न मिल्दैन । दुईटै मेले अभिनय गरेका चलचित्र हुन् । जबसम्म हलमा यी चलचित्र रहन्छन्, अभिनेताका हिसाबले दुईटै मेरा आफ्नै चलचित्र हुन् । 

यीदुई मध्ये कुन चलचित्र राम्रो छ ?
‘छक्क पञ्जा’ ५०–५० प्रतिशत कमेडी लिएर आएको हुँदा यसको अघिल्लो सिरिजभन्दा यसलाई दर्शकले मन पराइदिनु भएको छ । 
‘जय भोले’ कमेडी जानराकै भए पनि खगेन्द्र लामिछाने आफैले कथा लेख्नु भएकाले उहाँ स्क्रिप्टमा जोड दिने लेखक तथा अभिनेता हुनुहुन्छ । त्यसैले पक्कै पनि केही फरक टेस्ट त छ । 

Global Ime bank

एउटै समयमा एउटै अभिनेताका दुई चलचित्र रिलिज हुनु पब्लिसिटी र फ्यान फलोइङका हिसावले पनि राम्रो मानिँदैन । तर, तपाईंहरुले खेलिरहनु भएको हुन्छ नी !
अरुको कुरा म गर्दिन । मेरो मात्रै कुरा गर्छु, म अहिलेसम्म सेन्ट्रल क्यारेक्टर खेलेको छैन । जसले मुभी नै आफ्नो काँधमा बोकेर हिँडेको हुन्छ । उहाँहरुको चलचित्र जुध्यो भने चाहिँ राम्रो हुँदैन होला । तर सबक्यारेक्टरमै भए पनि एकैपटक रिलिज हुँदा मजा चाहिँ आउँदैन । नभएको भए हुन्थ्यो भन्ने लाग्छ । तर चलचित्रको विजनेशमै ठूलो असर गर्छ जस्तो लाग्दैन । म सबक्यारेक्टरमा धेरै चलचित्रमा देखिँदै आएको हुँदा त्यो स्वतन्त्रता छ होला भन्ने लाग्छ मलाई । लगातार फिल्म आइरहेका हुन्छन् । रिलिज डेटले पनि यो कुरा निर्धारण हुन्छ ।

\"\"रिलिज डेट नै कारक हो कि आर्थिक उपार्जनको समस्या हो ?
वर्षमा सयवटा चलचित्र रिलिज हुने भएकाले एकै हप्तामा तीनचार वटा चलचित्र रिलिज भइरहेका छन् । त्यसैले चलचित्र जुधिरहेका हुन्छन् । राम्रो समयमा रिलिज गरेर रामो विजनेश गरौं भन्ने त सबैलाई हुन्छ । लगानी गरेपछि यो स्वाभाविक पनि हो । 

आर्थिक उपार्जनको कुरामा आउँदा केही हदसम्म त हो पनि तर सतप्रतिशत भने होइन । मैले चित्त बुझ्दासम्म र भ्याएसम्म काम गरिरहेको छु । चलचित्र उद्योगमा उधुम नै मच्चाउँछु भनेर लागेको होइन म । त्यहाँसम्म मेरो ल्याकत पनि छैन । अझै राम्रो पनि गर्न सक्छु भन्ने लोभले पनि केही संख्या बढेको हो । 

तपाईंलाई ‘हैट’ थेगोले स्थापित गर्यो । अहिले जुन चलचित्र हेरे पनि ‘हैट’ मात्रै भनेको सुनिन्छ । पट्यार नै लाग्ने भइसक्यो भन्ने लाग्दैन ?
कहिलेकाहिँ बढी भयो भन्ने पनि लाग्छ । तर ‘हैट’ शब्द भन्दा पनि क्यारेक्टर बिकेको हो भन्ने थोरैलाई मात्रै थाहा छ । शब्द त जे पनि हुन सक्थ्यो नि । 

क्यारेक्टर बिकेको हो भने किन त्यही शब्द दोहोर्याउनु हुन्छ ?
‘कबड्डी’ मा गरेको क्यारेक्टर हो यो । ‘कबड्डी’ मा गरेको क्यारेक्टर ‘कबड्डी’को सिरिजमा गर्नैपर्यो । ‘कबड्डी’ कै क्यारेक्टर ‘मेरी बास्सै’ मा गयो । मेरी बास्सै लगायतका हास्य कलाकार ‘छक्का पञ्जा’मा काम गर्न पुग्यौं । त्यहीँबाट ‘हैट’ क्यारेक्टर गयो । त्यसैले दोहोरिएको हो । 

अर्को कुरा यी चलचित्र बढी चले । ४० वटा चलचित्रमा अभिनय गर्दा ती सबैमा मैले ‘हैट’ भनेको छैन । जसमा ‘हैट’ भनियो तीनै चलचित्र सफल भएकाले यस्तो लागेको हो । 

चलचित्रको पूरै कथा बोक्ने गरी सेन्ट्रल क्योक्टरमा कहिले आउने हो ?
धेरै प्रस्ताव आएको पनि हो । दर्शकले पनि सेन्ट्रल क्यारेक्टरमा कहिले आउनुहुन्छ भनेर सोध्नुहुन्छ । तर त्यो सम्भावना अहिले नै छैन । झ्याम्मै काँध थापेर ल म ह्याण्डल गर्छु भनिहाल्ने अवस्था छैन । व्यावसायिक होइन आर्ट मुभी बनाउँछु भनेर भन्ने अवस्थामा भने ‘ओके’गर्न सकिन्छ । व्यावसायिक रुपमा पनि बाँच्नुपर्ने भएकाले आर्ट मुभी र व्यावसायिक दुइटैले बजारबाट पनि पैसा उठाउनुपर्ने भएकाले काँधै थापिहाल्न सक्तिन । अफर नआएको भने होइन । आएकै हो । 

चालिस वटा चलचित्रमा काम गर्दा क्यारेक्टरमा कत्तिको चित्त बुझेको छ ?
चलचित्रमा अभिनय शुरु गरेको आठ वर्ष भयो । म स्क्रिप्ट र चरित्रमा चाहिँ सिरियस नै हुन्छु । भलै कहिलेकाहिँअलि धेरै नै बहकिन्छु, भावुक हुन्छु । 

\"\"भावुक हुन्छुको मतलव ?
यसको अर्थ मौखिक रुपमा सुनाएको कथामा म भावुक भएर विश्वास गरिहाल्छु तर स्क्रिप्ट हातमा आइपुग्दा मौखिक रुपमा भनिएको कुरा कहाँनेर छ भनेर खोज्दा अलिकति पनि भेटिँदैन । शुरुमा भनिएको स्पेश र पर्फर्मेन्स सेटमा पुग्दा दिइँदैन कतिपय अवस्थामा । 

तपाईंको इन्ट्री यस्तो पाराले यस्तो समयमा हुन्छ कि चलचित्रको कथा नै डाइभर्ट हुन्छ भन्छन् । हँ...? त्यस्तो हो ?भनेर त्यो इन्ट्रीको लोभले नै । साइन गरिन्छ तर त्यहाँ पुग्दा क्यारेक्टर यति फितलो हुन्छ । धेरैले चलचित्रमै देखिहाल्नु भएको छ । डिफरेन्ट क्यारेक्टर गरौं, ‘हैट’को कहिँ फ्लेबर नै आउँदैन भनेपछि लोभ हुन्छ । ‘ओके’ गरिन्छ तर सेटमा पुग्दा त्यहाँ पुग्दा हैन बुद्धि भएन, प्रोडुसरले एकदुई ठाउँ त बोल्न लगाउनु भन्नुभएको छ भन्नुहन्छ । नत्र प्रोडुसर बिच्किनु हुन्छ । यति महङ्गो तिरेको छ ...। म पनि गतिलै एमाउन्ट लिन्छु । सस्तोमा त म पनि कहाँ मान्छु र ? (हा...हा...हा...) आग्रह नै गरेपछि बोल्नैपर्ने बाध्यता हुन्छ कति चलचित्रमा यस्तै भएको छ । 

अगाडि नै स्क्रिप्ट माग्न नसक्नु त तपाईंको कमजोरी हैनर ?
धेरै प्लानिङ मुभीमा मागिन्छ र लिइन्छ पनि । यसरी कन्भिन्स गरेका हुन्छन् कि विश्वास गर्न बाध्य भइन्छ । तर मेरो अनुभव हामीले टेवुलमा बनाउने भनेर भनिएको कथा सेटमा निस्किँदैन । कथामा भनेको कुरा सेटमा निकाल्नसक्ने निर्देशक पनि नेपालमा कमैमात्रै हुनुहुन्छ । आफूले अचम्मै राम्रो गर्छु भनेर सोचे पनि सबक्यारेक्टरलाई सधै त्यो सुविधा नहुन पनि सक्छ । सबक्यारेक्टरले मलाई ‘फलो’ गरेर खिच भन्न पनि सकिँदैन । 

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement