site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । पुस ५ गते दिउँसो साढे एक बजे बल्खु सानेपा क्षेत्रमा माइक्रो बसमा यात्रा गरिरहेका कमल खत्रीको खल्ती काटेर २ जना पाकेटमारले ६८ हजार रुपैयाँ निकाले ।

सातदोबाटोबाट बल्खु जाने माइक्रोमा यात्रु कोचिएर उभिएका थिए । खत्रीको पाइन्टको बायाँपट्टिको खल्तीमा पैसा थियो । उनी अगाडिको यात्रुबाट एकपल्ट धकेलिए ।  

KFC Island Ad
NIC Asia

त्यसैबेला पछाडिबाट पनि धकेलेको जस्तो गरेर पाकेटमारले खत्रीको पैसा निकाले । तर, पैसा निकालेर भाग्दै गर्दा पाकेटमार समातिए । काभ्रे नमोबुद्धका २१ वर्षीय विक्रम लामालाई यात्रुले प्रहरीको जिम्मा लगाइदिए । लामाले लामो समयदेखि ललितपुर क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेटमारी गर्दै आएको प्रहरीको भनाइ छ । 

पुस १५ गते बिहान साढे ७ बजे कोटेश्वरबाट बल्खु जाँदै गरेको बसमा सवार प्रकाश मिश्रको ट्रयाक सुटको पकेट काटेर पैसा निकालेर भाग्न लागेका ४ जना पाकेटमारलाई गाडीका यात्रु मिलेर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए ।

Royal Enfield Island Ad

कोटेश्वरबाट बल्खु हिँडेको बस ललितपुरको महालक्ष्मीस्थान नजिकै पुगेपछि दीलिप लामा, सन्तोष परियार, रुपक बुढाथोकी र सन्तोष विष्टसहितका ४ जना पाकेटमार मिलेर मिश्रको खल्ती काटेका थिए । खल्ती काटेको यात्रुले देखेपछि कुटपिटसमेत गरेर पाकेटमारलाई प्रहरीको जिम्मा लगाइदिए । 
“पक्राउ परेका पाकेटमार मोबाइल पाकेटमार हुन्,” महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी ईश्वर कार्कीले बाह्रखरीसँग भने, “सार्वजनिक यातायातमा चढ्ने अनि अनकूलता हेरेर पाकेटमारी गर्नेहरूको समूह हुन्छ । पाटकेटमारी रोकथाम गर्न ललितपुरमा क्षेत्र निर्धारण नै गरी प्रहरी परिचालन गरेका छौं । यसअघि पनि केही पाकेटमारलाई पक्राउ गरिसकेको छौं, केही खोजीमा छन् ।”
तपाईं चढेको गाडीमा पनि पाकेटमार हुन सक्छन् । पाकेटमारी गर्न पाकेटमारले विभिन्न जुक्ति लगाउँछन् । पैसा साथमा बोकेर हिँडेको मान्छेबारे पत्ता लगाउन उनीहरूको कोड भाषा हुन्छ । प्रहरीका अनुसार पाकेटमारले प्रयोग गर्ने कोड भाषाका शब्दहरू हुन्छन्, त्यसैले यात्रुले यस्ता कुरामा ध्यान दिनुपर्छ । 
कसैले ‘गाडीमा पैसा झरेछ, कसको हो वा पाकेटमार छ कि क्या हो’ भन्यो भने गाडीमा पाकेटमारको समूह छ भन्ने यकिन हुन्छ । आफू बसेको सिटमा वा उभिएको ठाउँमा कसैले अस्वाभाविक गतिविधि गरिरहेको छ, दायाँबायाँ बढी चासो दिएर हेरिरहेको छ वा ठेलमठेल गरिरहेको छ भने पनि त्यो पाकेटमार हुनसक्छ । 
अरु सिट हुँदाहुँदै पनि आफ्नो सिट नजिक आएर कोही बसेको छ, झ्यालबाट बाहिर हेर्दैछ वा ओर्लिने बाहानामा सिट सर्दैछ भने पनि त्यो व्यक्ति पाकेटमार हुन सक्छ ।
पाकेटमारको छुट्टै भाषा हुन्छ । तपाईं सवार बसमा कुनै व्यक्तिले कोड भाषा बोल्यो भने चनाखो हुनुपर्छ । उनीहरूले सर्वसाधारणलाई छलेर पाकेट मार्न विभिन्न कोड भाषा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । 
तपाईं सवार बसमा कसैले ‘ध्रुव दाइ’ भन्दै बोल्यो अथवा कसैलाई इसारा गर्यो भने त्यो पाकेटमार हुन सक्छ । पाकेटमारको भाषामा धु्रव दाइ भनेको पैसावाला मान्छे हो । 
त्यसैगरी कुनै व्यक्तिले ‘दह’ भन्यो भने उसले पैसा निकाल भनेको हो । 
पाकेटमारले प्रहरी र प्रहरीका गाडी देखे भने पनि आफ्नै कोड भाषा बोल्छन् । उनीहरुको भाषामा ठुला भनेको सादा पोशाकको प्रहरी हो, लाटा भनेको डे«स लगाएको प्रहरी हो । त्यसैगरी मानबेचे भनेको प्रहरी भ्यान हो । 

यस्तो हुन्छ पाकेटमारको सञ्जाल
जस्तै– रत्नपार्कबाट जावलाखेलको लागि हिँडेको गाडीमा कसैको पाकेटमारी गर्न लागेका बेला समय अनकूल नभएपछि रत्नपार्कबाट हिँडेको माइक्रोमा यस्तो मान्छे आउँदैछ भन्दै अर्को बस रोक्ने स्थानमा भएको पाकेटमारलाई सर्कुलेसन हुन्छ । त्यो पाकेटमार माइतीघरबाट बस चढ्छ, त्यसले पनि नसकेको खण्डमा जावलाखेलमा भएको पाकेटमारलाई सूचना दिन्छ । आज कुनै ठाउँमा पाकेटमारी भयो भने कसले पाकेट मार्यो भन्ने कुरा उनीहरुको ग्याङलाई जानकारी हुने गरेको प्रहरीको भनाइ छ । 

यस्ता छन् पाकेटमारका ‘कोड वर्ड’
    टिनुवा –पाकेटमार
    खडी – लुटपाट
    घोप्टे – खुकुरी
    चिसो – छुरी, चक्कु
    ध्रुव दाइ – पैसावाला मानिस
    कान – मोबाइल
    दस्ती तोड – रुपैयाँ निकाल
    दह – रुपैयाँ निकाल
    थान – हजारको नोट
    गज – सयको नोट
    सेतो आधा – पाँच सयको नोट
    टिप्ली मास्टर – पाकेटमारको मुख्य मानिस
    ढेक – पाकेट मार्दा छेकछाक गर्ने मानिस
    ठूला – सादा पोशाकको प्रहरी
    लाटा – युनिफर्मको प्रहरी
    मानबेचे – प्रहरी भ्यान
    डे – केरकारको प्रहरी    
    टिप – मुद्रा पैसा खसाल्ने अनि टिप्न भनेर अरुको खल्तीबाट निकाल्ने
    निलचरी – आर्मी र सशस्त्र प्रहरी 
    बिरालो – सेतो भ्यान
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७३  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro