site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । २४ घण्टा सडकमा ‘ड्युटी’ गर्ने १४ सय ट्राफिक प्रहरीलाई मुख्यालयले ज्याकेट दिन सकेको छैन । 
प्रहरी नियमअनुसार मंसिर १ गतेदेखि ज्याकेट लगाउनुपर्छ । मंसिर लाग्दा राजधानीमा जाडो पनि निकै बढिसकेको हुन्छ । तर, ट्राफिक प्रहरीसँग ज्याकेट नै छैन । सरुवा भएर जाने ट्राफिक प्रहरीले पुरानो भएर स्टोरमा थन्क्याएका ज्याकेट लगाएर जेनतेन जाडो छिचोल्ने काम गरेका छन्, तर ती पुराना ज्याकेट पनि पर्याप्त मात्रामा छैनन् । 
“बिहान ४ बजे सडकमा ड्युटीमा निस्किनु पर्छ, ज्याकेट छैन, सरुवा भएर गएकाहरुले पुरानो बनाएर स्टोरमा थन्क्याएका ज्याकेट लगाएर जाडो कटाउनु परेको छ,” माइतीघरमा चोकमा ड्युटीमा रहेका एक ट्राफिक प्रहरीले भने, “ बिहान बेलुका निकै जाडो हुन्छ, नियम अनुसार ट्राफिक ज्याकेट लगाउनै पर्ने हुन्छ, सिभिल ज्याकेट लगाएर नहुँदो रहेछ, भित्र धेरै लुगा लगाएर बाहिर देखाउनकै लागि भए पनि यी यस्तो लुगा लगाउनु परेको छ ।”
कुइनो उध्रेको ज्याकेट देखाउँदै बाह्रखरीसँंग उनले अगाडि भने, “सरुवा–बढुवामा करोडौं रकम खर्च हुने चर्चा सुनिन्छ, हामी जस्ता सडकमा ड्युटी गर्नेलाई जाडो कटाउने ज्याकेट छैन ।”
संगठनको पैसाले हाकिमहरू एसी चलाउँदै चिल्ला गाडीमा सवार भएको बेला कुइनो च्यातिएको ज्याकेट देखाउँदै सलाम ठोक्नुपर्ने उनीहरुको गुनासो छ ।  
काठमाडौंको पुतलीसडकमा ड्युटीमा रहेका अर्का ट्राफिक जवानले भने, “गफका भरमा संगठनलाई यो गर्छु, त्यो गर्छु भन्नेहरुले हामी सडकमा खटिने प्रहरीलाई नभइ नहुने आवश्यकता पूरा गर्नुपर्दैन ? उनीहरुको कर्तव्य हैन ?” बाह्रखरीसँग कुरा गर्दै ती प्रहरीले भने, “सर नाम नछाप्नु होला, मेरो परिवार यसै जागिरबाट धानेको छु । पत्रपत्रिकामा नेतृत्व हातमा लिन करोडौं खर्च गरेको भन्ने समाचार पढ्न पाइन्छ, उनीहरुले जतिसुकै खर्च गरुन् हामीलाई केही भएन, हामीलाई यस्तो जाडोमा एउटा ज्याकेट त दिनु पर्छ नि !” 
उनले थपे, “च्यातिएका ज्याकेट सिलाएर लगाएका छौं, त्यही पनि पर्याप्त छैन, एक त अरुले लगाएको पुरानो ज्याकेट लगाउनु छ, त्यही पनि भने जति कहाँ छ र ? हामीले लगाउने ज्याकेट ३ हजारसम्मको हुन्छ, संगठनले त्यही पनि दिन नसक्ने ?” 
महानगरीय ट्राफिक महाशाखाका एक जना प्रहरी अधिकृतले भने, “२४ घण्टा सडकमा खटिने ट्राफिकलाई लगाउने ज्याकेट छैन, यो भन्दा लाजमर्दो अरु के हुन्छ ? अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीलाई ज्याकेट त हुँदैन भने अरु के अपेक्षा गर्ने ?” उनले थपे, “पुराना च्यातिएका ज्याकेट लगाएर कतिन्जेल चल्छ ?” 
महाशाखाका अनुसार हाल एक हजार ट्राफिक प्रहरीको दरबन्दी र काजमा गरी करिव १ हजार ४ सय ट्राफिक प्रहरी महाशाखामा कार्यरत छन् । त्यसमा एक हजारले पुराना च्यातिएका ज्याकेट लगाएर काम चलाएका छन् । बाँकीलाई त्यही च्यातिएको ज्याकेट पनि छैन । 
अहिले ट्राफिक तालिम लिइसकेका करिब ५० प्रहरीलाई त पुरानो ज्याकेटसम्म पनि उपलब्ध छैन । मुख्यालयमा समेत ज्याकेटको मौज्दात नभएको कारण तालिम समाप्तिको कार्यक्रममा समेत ति नयाँ ट्राफिक प्रहरीले स्वेटर लगाएर काम चलाएको पनि प्रहरी श्रोतले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro