site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गत भदौ १२ गते दिउँसो साढे १ बजे बा ५१ प १२१ नम्बरको रातो ‘आर वान फाइभ’ मोटरसाइकलले त्रिवि शिक्षण अस्पतालअगाडि बाटो काट्दै गरेका तुलबहादुर गुरुङलाई ठक्कर दियो । तीव्र गतिमा रहेको मोटरसाइकलको नम्बर कसैले याद गर्नै भ्याएनन् । सडकमा बजारिएका तुलबहादुरलाई उपचारका लागि शिक्षण अस्पताल लगियो ।
भागेको मोटरसाइकलका बारेमा महानगरीय ट्राफिक महाशाखामा रिपोर्ट गरियो । तर, मोटरसाइकलको रंगबाहेक अरु केही याद थिएन प्रत्यक्षदर्शीलाई । ट्राफिक प्रहरीले त्यो दिनको सीसीटिभी फुटेज हेर्यो, तर केही पत्ता लागेन । सीसीटिभी फुटेजबाट लिइएका २० वटा रातो रंगका ‘आर वान फाइभ ५’ मोटरसाइकलको फोटो बोकेर ट्राफिक महाशाखाको टोली यातायात व्यवस्था विभाग पुग्यो ।
त्यहाँ पनि पत्ता लागेन । त्यसपछि टोली आर वान फाइभ मोटरसाइकल बेच्ने कम्पनी यामाहा पुग्यो । कम्पनीले डिलरमा पठायो । डिलरमा रातो रंगको आर वान फाइभ किन्नेहरूको विवरण हेरियो । २० दिनको अनुसन्धानपछि मोटरसाइकलको नम्बर प्लेट खुल्यो । तर, त्यो मोटरसाइकल कता छ भन्नेबारेमा कुनै सूचना प्रहरीले पाएन । 
अनुसन्धान गर्दै जाँदा ठक्कर दिएर भाग्ने मोटरसाइकल काठमाडौंको मध्य बानेश्वरमा बस्ने बाँकेकी सृजना सिंहको घरमा भेटियो । मोटरसाइकल चालक मोहित बस्नेत भने नेपालगन्जतिर भागिसकेका रहेछन् । बस्नेतकी आफन्त सिंहले पीडित गुरुङलाई एक लाख रुपैयाँभन्दा बढी दिएकी रहिछन् । 
अर्को घटना हो बाँसबारीको । मंसिर ४ गते बाँसबारीस्थित गंगालाल अस्पतालअगाडि बा ६८ प ६१ नम्बरको स्कुटरलाई बा ६८ प १००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भाग्यो । स्कुटर चालक गणेश गुरुङ घाइते भए । प्रत्यक्षदर्शी र सीसीटिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले करिब एक सातापछि चालकलाई पक्राउ गरी पीडितलाई क्षतिपूर्ति दिलायो । 
गत असोज १ गते काठमाडौंको बौद्ध टुसालमा बा ५६ प ९३०२ नम्बरको मोटरसाइकलमा सवार प्रेमप्रसाद श्रेष्ठलाई बा ७४ प ३९१५ नम्बरको स्कुटरले ठक्कर दियो । मोटरसाइकल चालक श्रेष्ठको खुट्टा भाँच्चियो । भागेको स्कुटरलाई ट्राफिक प्रहरीले एक महिनापछि बौद्धबाट नियन्त्रणमा लिएर घाइते श्रेष्ठको उपचारमा लागेको एक लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइदियो । 
ट्राफिकको भाषामा ‘हिट एन्ड रन’ भनिने यस्ता घटना काठमाडौंमा दैनिकजसो भइरहन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७२/०७३ मा ४४६ वटा यस्ता घटनाको उजुरी परेको थियो । तीमध्ये २२५ वटामात्र कारबाहीमा परे । १४० वटा सवारीसाधन अझै भेटिएका छैनन् । 
गएको साउन यतामात्र १८४ वटा सवारी साधनले ठक्कर दिएर भागेको महाशाखामा उजुरी परेको छ । यीमध्ये १४७ वटालाई प्रहरीले नियन्त्रणमा लिएर पीडितलाई क्षतिपूर्ति दिलाएको छ । ५७ वटा सवारी खोजीमै छन् । 
“तीव्र गतिमा दौडिने र ठक्कर दिएर भाग्नेको संख्या बढेको छ,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, “दुर्घटना गराएर भाग्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन धेरै चरण पार गर्नुपर्छ । ठक्कर दिएर भाग्नेलाई पनि र घाइतेलाई अस्पताल पुर्याउनेलाई पनि कारबाही हुने कानुनी व्यवस्था सच्याउनुपर्छ ।” दुर्घटना गराएर भाग्ने सवारी चालकलाई कडा कारबाही नभएसम्म यो समस्या यथावत् रहने उनको भनाइ छ । 
अर्याल गुनासो गर्छन्, “ठक्कर दिएर भागेको सवारीसाधन नियन्त्रणमा लिन कम्ता दुःख छैन । सडकमा पर्याप्त सीसीटिभी छैनन्, भएकाबाट पनि  भिडियो स्पष्ट आउँदैन । अझ ठक्कर दिएर भाग्ने सवारी तीव्र गतिमा हुने भएकाले उनीहरूको दृष्य स्पष्ट हुँदैन । ट्राफिकलाई अनुसन्धान गर्न निकै मुस्किल छ ।” 
उपत्यकामा रातको समयमा काम गर्ने सीसीटिभी छैनन् । त्यसमाथि सडक बत्ती पनि नबल्दा ट्राफिकलाई भागेको सवारी पहिचान गर्न चुनौती हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro