site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुक र ट्वीटरले नेपाल प्रहरीको समस्या बढाए
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपालमा ७० लाखभन्दा बढी प्रयोगकर्ता भएको फेसबुक र करिब ३० लाख प्रयोगकर्ता भएको ट्वीटरले आधिकारिक कार्यालय नखोल्दा र सर्भरमा अपराध अनुसन्धान गर्ने निकायलाई पहुँच नदिँदा समस्या बढेको सम्बद्ध अधिकारीले जनाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल भन्छन्, “सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा प्रहरीलाई चुनौती थपिएको छ । राम्रो प्रभाव पनि परेको छ, तर सँगसँगै दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ ।”
नेपाल प्रहरीलाई सामाजिक सञ्जालको अपराध र उजुरीको समस्या विस्तारै निकै ठूलो बन्दै गएको छ । तर, प्रहरीले भने अपराध अनुसन्धान र कारबाही गर्न फेसबुक र ट्वीटरका अमेरिकी कार्यालयमा भर पर्नु परेको र तिनले कतिपय अवस्थामा बेवास्ता गर्ने हुनाले सामाजिक सञ्जालबाट उत्पन्न समस्याको निराकरणका लागि तुरुन्तै यथोचित कदम चाल्नुपर्ने आवश्यकता देखिएको हो । 
नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डीआईजी राजिब सुब्बा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै बढेको बताउँदै भन्छन्, “सामाजिक सञ्जाल व्यवस्थापनको दीर्घकालिन सोच राज्यसँग हुनुपर्छ । जुन साइट नेपालमा चल्छ, त्यसको सर्भर नेपालमै राखिनुपर्छ । त्यसो गर्दा प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुन्छ र कसैले गलत कुरा पोष्ट गर्यो भने तत्कालै हटाउन सकिन्छ ।”
चीनले आफ्नै देशमा सर्भर राखेपछि मात्र नागरिकलाई फेसबुक चलाउन अनुमति दिएको उदाहरण दिँदै सुब्बाले भारतमा पनि त्यस्तै व्यवस्था रहेको बताए । साइबर अपराध हेर्न राज्य स्तरमै छुट्टै डिभिजन खडा गर्नुपर्ने र त्यसलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने उनको सुझाव छ ।

फेसबुकको आतंक
अमेरिकी निर्वाचनमा डोनल्ड ट्रम्पको विजय र हिलारी क्लिन्टनको पराजयका लागि सामाजिक सञ्जालमा आएको झुटो समाचारलाई दोषी मानिएको छ । यो चर्चा चुलिएपछि फेसबुकका प्रमुख मार्क जुकरबर्गले समेत गलत समाचार पोष्टिङ रोक्ने प्रविधि विकास गर्ने प्रण गरेका छन् । 
अमेरिकामा मात्र होइन, गलत समाचारले नेपालका नेता र उच्चपदस्थ व्यक्तिलाई पनि त्यतिकै पीडित बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सय दिनको कार्यक्रम सार्वजनिक गर्दा फेसबुकसहितका सामाजिक सञ्जालमा गलत कुराहरु भाइरल हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । कुनै हैसियत नभएको गैरजिम्मेवार व्यक्तिले पोष्ट गरेका कुराहरु भाइरल भएर धेरै समस्या हुने गरेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे । 
सामाजिक सञ्जालले दिएको समस्या निराकरण गर्ने नेपालको एकमात्र संस्था नेपाल प्रहरी हो, तर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसमेत सामाजिक संजालको आक्रमणको शिकार भए । उनी अमेरिका भ्रमणमा रहेको बेला नेपालमा आईजीपी परिर्वतन हुने भन्ने गलत हल्ला भाइरल हुनाले भ्रम सिर्जना ग¥यो । उनले एक कार्यक्रममा भने, “सामाजिक सञ्जालको गलत प्रयोगलाई समयमै नियन्त्रण नगर्ने हो भने यसले सबैलाई समस्या ल्याउँछ ।” 
फेसबुकले नै पत्याउँदैन नेपाल प्रहरीलाई
नेपालमा भएका करिब ७० लाख फेसबुक प्रयोगकर्ताको संख्या अझै बढ्दैछन् भने सँगसँगै यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । फेसबुकको माध्यमबाट चरित्र हत्या गरेको भन्दै प्रहरीकहाँ उजुरी लिएर दैनिक आउने पीडितहरूको समस्या निराकरण गर्न प्रहरी आफैं पनि पूर्ण सक्षम छैन । 
कुनैपनि आपत्तिजनक सूचना वा तस्बिर फेसबुक वा ट्वीटरमा पोष्ट भएको छ भने नेपाल प्रहरीले सो सूचना हटाउन वा प्रयोगकर्तालाई ब्लक गर्न ती सामाजिक सञ्जालका अमेरिकामा रहेका अफिसमा सम्पर्क गर्नुपर्दछ । तर, कतिपय अवस्थामा फेसबुक तथा ट्वीटरका कार्यालयले एकदमै बेवास्ता गर्ने हुनाले प्रहरीलाई निकै समस्या पर्ने गरेको सम्बद्ध अधिकारीले बताएका छन् । 

के हुन्छ आपत्तिजनक सामग्री हटाउने प्रक्रिया ?
सबैभन्दा पहिले फेसबुकमा पोस्ट गरिएको सामग्री हटाइदिन प्रहरीले फेसबुकलाई आधिकारिक पत्र पठाउँछ । त्यसपछि फेसबुकले पीडित व्यक्तिको पहिचान खुल्ने कागजपत्र माग्छ । त्यतिमात्र नभएर फेसबुकले पीडित व्यक्ति साँच्चिकै पीडित हो भनेर अदालतले प्रमाणित गरेको कागजसमेत माग्ने गरेको प्रहरी बताउँछ । 
सामाजिक सञ्जालमा हुने गलत गतिविधि रोक्न नेपालमै सर्भर राख्नुपर्ने र सरकारी निकायले औपचारिक समझदारी गर्नुपर्ने प्रहरी प्रवक्ता मल्लको भनाइ छ । 
डा. राजिव सुब्बाको विचारमा फेसबुक र ट्वीटरबाट हुने अपराधलाई नियन्त्रण गर्न राज्यले प्रहरीको क्षमता र तालिममा विशेष ध्यान पु¥याउन जरुरी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७३  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro