site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं  । जिल्ला प्रशासन कार्यालय जुम्लाको आडैमा रहेको गुरु चन्दननाथको मन्दिरमा चोरी भएको छ । हिन्दु धर्मावलम्वी र कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो चन्दननाथ मन्दिरमा रहेका २८ ओटा मूर्तिहरु शनिबार राति १ बजे चोरी भएका हुन् । 
मन्दिरमा रहेको दत्तात्रयको सबैभन्दा ठूलो मुर्तिसहित २८ वटा मूर्ति चोरी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पाण्डेले बताए । जिल्ला प्रशासन कार्यालयदेखि २० मिटरको दुरीमा रहेको मन्दिरमा चोरी भएपछि प्रशासन र पुजारीको मिलेमतोमा चोरी भएको भन्दै स्थानीयहरुले प्रहरी र प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । 
“शनिबार राति १ बजेतिर चोरी भएको खबर बिहान पायौं,” प्रमुख जिल्ला अधिकारी पाण्डेले बाहखरीसँग भने, “१ सय ६ वर्ष पुराना मुर्तिहरु चोरी भएका छन् । हामी अनुसन्धान गर्दैछौं । त्यसका लागि क्षेत्रिय प्रहरी कार्यालय नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरू भएको छ ।”
शंकास्पद गतिविधी देखेपछि मन्दिरका मुल पुजारी चन्द्रमौलेश्वर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 
मन्दिरमा भएको चोरीबारे सोधपुछ गर्दा पुजारीले शंकास्पद कुरा गरेपछि नियन्त्रणमा लिइएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro