site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यसरी हुँदैछ उपत्यकामा  ड्रोनबाट ट्राफिक निगरानी 

काठमाडौं । उपत्यकाको सवारी चापलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मानवरहित हवाईयान (ड्रोन)मार्फत सडकको अवस्थाको निगरानी गर्न थालेको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका मुख्य चोक तथा सडकमा ड्रोन उडाएर ट्राफिक निगरानी थालेको हो । महाशाखाले केही दिन यता काठमाडौंमा जाम हुने मुख्य सडकको ड्रोनमार्फत के कारणले जाम हुने अवस्था छ भनेर अध्ययन गरिरहेको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

\"\"
सडकमा कति परसम्म सवारी जाम छ र के कारणले जाम भएको छ भनेर पनि अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ ।
“यस्तो बेला ड्रोनबाट भिडियो र फोटो लिएर तत्कालै फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई खबर गरेर ट्राफिक ब्यवस्थापन गर्न सहज हुने भएका कारण ड्रोनमार्फत सडकको अवस्था हेर्न थालेका हौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका सडक सुरक्षा अभियानका इन्चार्ज डीएसपी सविन प्रधानले बाहखरीसँग भने, “जसरी प्रहरीले भिआईपीहरुको सवारीका बेला ड्रोनमार्फत सुरक्षा निगरानी गर्छ त्यसरी नै ट्राफिक प्रहरीले पनि सडकजाम व्यवस्थापन गर्न ड्रोन प्रयोगमा ल्याएको हो ।”

\"\"
“कहाँ कसरी सडक जाम भएको छ, कुन क्षेत्रमा सवारी चाप छ, त्यो कुरा पत्ता लगाउन अहिले ट्राफिक प्रहरी नै खटिनु परेको छ, अब यो सबै काम पहिला ड्रोन उडाएर भिडियो र फोटो हेर्छौं,” उनले भने “त्यसैको आधारमा जनशक्ति परिचालन गरी सडक समस्या समाधान गर्ने कोशिस गर्नेछौं ।” 

उनका अनुसार अहिले ड्रोनमार्फत शहरका मुख्य जाम हुने स्थानको अध्ययन हुँदैछ । महानगरीय प्रहरी महाशाखाबाट दैनिक एक टोली ड्रोन बोकेर सडकमा निस्कने गरेको उनले बताए ।

तस्बिर सौजन्य, ट्राफिक प्रहरी महाशाखा 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३  १६:३०
प्रतिक्रिया दिनुहोस्