site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नाम: अनुप गोविन्द वैद्य
उमेर: २३ वर्ष
ठेगाना: सौगल टोल, ललितपुर 
काम: डाक्टर र बेलायती नागरिक हुँ, बेलायतमा कम्पनी छ भन्दै ठगी गर्ने

अनुप गोविन्द वैद्यले ८ कक्षामात्र पास गरेका छन् । तर, आफूलाई डाक्टर भनेर चिनाउँछन् । बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पीएचडी गरेको दाबी गर्छन् । उनी आफूलाई बेलायती नागरिक बताउँछन् । यो पहिचानमा उनले एक दर्जनभन्दा बढी नेपालीलाई ठगिसके । 
वैद्यले नेपाल मेडिकल कलेज जोरपाटीको नक्कली नक्कली लेटरप्याड बनाएर आफूलाई डाक्टर भन्ने गरेका थिए । टोलका बालबालिका बिरामी हुँदा उनी सिटामोलसमेत दिन्थे । 
वैद्यले ठगी गरेकाहरू अहिले दैनिक रूपमा महानगरीय प्रहरी परिसर ललितपुरमा भेला हुन्छन् । 
अनुपबाट ठगिएकामध्ये एक हुन् रामप्रसाद कुईंकेल । “त्यो ठगले पैसामात्र खाएन, मेरो छोराको भविष्य पनि बिगारिदियो,” कुईंकेलले आक्रोश पोखे । प्लस टु पास गरेको छोरालाई काठमाडौं युर्निभर्सिटीमा भर्ना गर्ने तयारीमा थिए रामप्रसाद । उनी गाडी व्यवसायी हुन् । कलेजका बारेमा उनलाई त्यति थाहा थिएन र बुझ्ने फुर्सद पनि थिएन । अनुपको भरमा पर्दा उनको छोराको पढाइ दुई वर्ष पछाडि धकेलियो । छोरालाई केयूमा भर्ना गर्न लागेका बेला अनुपले ‘यस्तो राम्रो पढाइ भएको छोरालाई यूके पठाउनुस्, म सहयोग गरौंला’ भनेपछि रामप्रसादलाई पनि कुरा ठिकै लाग्यो ।  आफूले बेलायतको पीआर पाइसकेको भन्दै अनुपले रातो पासपोर्ट, बेलायतका बैंकका एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स र अक्सफोर्ड युर्निभर्सिटीबाट पिएचडी गरेको सर्टिफिकेट पनि देखाए । यो सबै देखेपछि रामप्रसाद पनि विश्वस्त भए । अझ अनुपले ‘मलाई पैसा दिनु पर्दैन, लाग्ने खर्चमात्र गरे हुन्छ’ भनेपछि रामप्रसाद पैसा खर्च गर्न तयार भए । “डाक्टर हँु भन्दै मेडिकल कलेजको लेटरप्याडमा आफ्नो नाम पनि भएको कागज दियो, होला त नि भनेर उसले भनेको रकम दिँदै गएँ,” रामप्रसादले बाह्रखरीसँग भने, “छोराको अनुहारमा दाग थियो, मेडिकल फेल हुनसक्छ भन्दै एउटा औषधि समेत दिएको थियो उसले । ८ कक्षा पढेको नक्कली डाक्टर रहेछ, के थाहा ।” 
यूकेका पनि थुप्रै कागजपत्र देखाएपछि उनी ढुक्क भएका थिए । एक वर्ष त्यतिकै बित्यो । बेलायत युरोपियन युनियनसँग छुट्टिएका कारण केही समय लाग्ने भयो भन्दै अनुपले झुलाए । त्यसबीचमा रामप्रसादले झन्डै २३ लाख रुपैयाँ अनुपलाई बुझाइसकेका थिए । 
गत साता अनुप पक्राउ परेको खबर सुनेपछि पो उनको सातोपुत्लो उड्यो । 
वैद्यले रामप्रसादसहित ६ जनालाई ठगी गरेको प्रहरीमा उजुरी परेको छ । बेलायत लगिदिने भन्दै उनले भरत महत, खड्ग कार्की, दलबहादुर खत्री, सचिन थापा, विनील महर्जन तथा मजन मलाकारलाई ठगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी ईश्वर कार्कीले बताए । “धेरैलाई यूके लगिदिने भन्दै पैसा उठाएको रहेछ, समय धेरै भयो, मानिसहरूले विश्वास गर्न छाडे । ऊ पनि भाग्न थाल्यो । अनुसन्धान गर्दै जाँदा ८ कक्षा पढेको भेटियो,” कार्कीले भने । 
वैद्यलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले डाक्टर भनेर देखाउने गरेको नक्कली कागजपत्रहरू ललितपुर प्रयागपोखरीमा रहेको कसमस प्रिन्टिङ सोलुसनबाट छपाएको खुलेको छ । प्रहरीका अनुसार अनुपले ६ जनाबाट ३१ लाखभन्दा बढी ठगी गरेको फेला परेको छ । पीडितहरू आउने क्रम जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७३  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro