site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौँ । नेपालमा शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय पुनःस्थापना भएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सो कार्यालयको आज ललितपुरमा उद्घाटन गर्दै उनले नेपाल आणविक तथा हातहतियार प्रसारसम्बन्धी विषयमा संलग्न नरहने र सधैँ सबै प्रकारको आणविक निःशस्त्रीकरणको पक्षको रहेको बताए ।

गत वर्ष दिगो विकास कार्यक्रमका लागि अवलम्बन गरिएको विषयलाई कार्यान्वयनमा लैजानका लागि नेपाल हिंसा र भयरहित स्वतन्त्र समाजको निर्माण गर्न लागिपरेको उल्लेख गर्दै उनले जैविक हतियारसम्बन्धी महासन्धिको हालै गरेको अनुमोदनले निःशस्त्रीकरणमा अविरल प्रयास जारी रहेको बताए ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी उच्चायोगका प्रमुख तथा राष्ट्रसङ्घका  उपमहासचिव किम ओन–सुले शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय नेपालमा स्थापना भएकामाअ खुसी व्यक्त गर्दै यहाँको शान्ति प्रक्रियाका बाँकी कार्य चाँडै पूरा हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  २१:३६
प्रतिक्रिया दिनुहोस्