site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडाैं । यती डेभलपमेण्ट बैंकले लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई ‘लघु अमृत जीवन बिमा” गरी दिन बैंक र नेसनल लाईफ इन्स्योरेसबीच सम्झौता गरेकोे छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई रु ५ हजार देखि रु ७ लाखसम्मको जोखिम बहन गर्नकोे लागी बिमा सेवा उपलब्ध गराईने छ । 
यदि ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् । साथै मृतकको दाह संस्कार  बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बिमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पुर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशतदेखी शत प्रतिशतसम्म क्षतिपुर्ति रकम बिमीतलाई भुक्तान गरिने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा ‘लघु अमृत जीवन बिमा’ योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ । 
 
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro