site stats
बाह्रखरी :: Baahrakhari
डा. कोमल फुयाल
‘अति भयो’ : सूक्ष्म प्रतिरोधी आन्दोलनका पक्षमा
‘अति भयो’ : सूक्ष्म प्रतिरोधी आन्दोलनका पक्षमा <p>&lsquo;इनफ इज इनफ&rsquo; भन्दै सडकमा आउने मानिस परम्परागत दृष्टिकोणलाई विधिवत्रूपमा स्थापित गर्न कृषि कार्यमा मात्र निर्भर वर्गका व्यक्ति होइनन् । सहरी वातावरणमा पढेलेखेका, सत्ता भनेको सार्वजनिक हितका लागि हो भन्ने बुझेका, कुनै राजनीतिक दलको स्थायी सदस्यता नभएका, तर्कले शासन गर्नुपर्छ भन्ने वर्गबाट आएका मानिसहरूको कुनै पूर्वनिर्धारित, अन्तर्निहित अभीष्टभन्दा माथि उठेको समूह जब &lsquo;अब त अति भयो&rsquo; भनेर सडकमा आउँछ तिनको वैधानिकतामा प्रहार गर्न मौसमलाई, हावापानीलाई, उनीहरूको उमेरलाई देखाएर तर्ककुतर्क गर्नु तिनले उठाएको सबाललाई कमजोर बनाउने नियतबाट प्रेरित हो ।&nbsp;</p>