एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ मा चेक गणतन्त्रका जेरी भेसेलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
सोमबार राति सेन्टर कोर्टमा भएको खेलमा नाडालले भेसेलीलाई ६–३, ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्न सफल भए । विश्व नम्बर दुई ३२ वर्षीय नाडालले भेसेलीलाई सहज जित हात पारेको हो ।
योसंगै ३२ बर्षिय नाडालले ७ बर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । नाडालले यसअघि सन् २०११ मा क्वाटरफाइनल यात्रा तय गरेका थिए । दुई पटकको विजेता नाडालले अब पाँचौ बरियताका अर्जे्न्टिनी जुवान मार्टीनसंग खेल्नेछन् । नाडालले सन् सन् २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।