site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयोजक रसिया ३ ० ले अगाडि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियाले अग्रता लिएको छ । उद्घाटन खेलमा साउदी अरब विरुद्ध रसियाले तीन गोल गरिसकेको छ ।

खेलको ७१औं मिनेटमा आर्टिम ज्युबाले गोल गर्दै रसियालाई ३–० गोलको अग्रता दिलाएका हुन् । उनले सुन्दर हेडर गोल गरे । पहिलो हाफसम्म रसियाले साउदी अरबमाथि २–० गोलको अग्रता बनाएको थियो ।

रसियाले खेलको १२औं र ४३औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । लुन्जिकी रंगशालामा जारी खेलमा रसियाका लागि युरी गजिन्स्की र डेनिस चेरिशेभले गोल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  २२:२७
प्रतिक्रिया दिनुहोस्