site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निजी आवास पुनर्निर्माण अनुदान लाभग्राहीको सूचीमा ५ हजार ३ सय ४४ नयाँ परिवार थपिएका छन् । सूचीमा आफू सूचिकृत हुनुपर्ने भनी भूकम्प अति प्रभावित १४ जिल्लामा गुनासो दर्ता गराएका लाभग्राहीमध्येबाट सो संख्याका लाभग्राही थपिएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनःजाँच सर्वेक्षण कार्यक्रम अन्तर्गत २०७४ भदौदेखि कात्तिकमा स्थलगत रुपमा इन्जिनियर परिचालन गरी संकलन गरिएको तथ्यांकलाई विश्लेषण तथा परीक्षण गरी लाभग्राहीहरु पहिचान गर्ने कार्य शुरु भएको हो । प्राधिकरण कार्यकारी समितिको बैठकले हालसम्म विश्लेषण सकिएका विभिन्न जिल्लाका १८ गाउँपालिका र २ नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही बनाएको हो । यसैगरी भूकम्प अति प्रभावित १४ जिल्लामा ५ हजार ५ सय १ जनालाई प्रवलीकरण लाभग्राहीमा सूचिकृत पनि गरिएको छ ।
प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसारहाल धादिङका रुवीभ्याली र थाक्रे, दोलखाका विगु र कालिञ्चोक, गोरखाका सिरानचोक, कार्भेको बेथानचोक, ओखलढुगांका चिसंखुगढी र लिखु, रसुवाका गोसाईकुण्ड, कालिका, नौकुण्ड, पार्वतीकुण्ड, उत्तरगया, सिन्धुपलान्चोकका बलेफी, भोटेकोशी, हेलम्बु र जुगल गाउँपालिकाको छनौटकार्य सकिएको छ । यस्तै नुवाकोटको बिदुर र सिन्धुपलान्चोकको ब्राहविसे नगरपालिकाको समेत छनौट कार्य सम्पन्न भएको छ ।
यसरी कायम भएका लाभग्राहीहरुले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनर्निर्माण अनुदान लाभग्राहीले ३ लाख र प्रवलीकरण लाभग्राहीले १ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन् ।
विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकीन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीको छनौटमा केही ढिलाई भएको प्राधिकरणले जनाएको छ । हाल विशेष प्राथमिकताका साथ यो कार्य भैरहेकाले जेष्ठमसान्त भित्र सर्वेक्षण भई केन्द्रमा आएका तथ्यांकबाट लाभग्राहीको पहिचान कार्य सम्पन्न भई स्थानीय तहमा सूची पठाइने प्राधिकरणका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC