site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी । बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ ।

यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएको छ भने मेलौली गाउँपालिकालाई नगरपालिकाको रुपमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी इलाका नं ११ मा रहेका गाविस तल्लादेही, कटौजपानी, मठैराज, रिम र विजयपुरलाई ११औँ तहका रुपमा सिफारिस गर्ने र अन्तिम टुङ्गो आयोगले नै लगाउने कार्यक्रम अधिकृत अवस्थीले जानकारी दिए । असहमति भएका ठाउँका मागलाई अलग्गै प्रतिवेदनका रुपमा बुझाउने र स्थानीय तहको खाका भने १० वटाको नै बुझाउने उनले बताए ।

Global Ime bank

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तह प्रस्ताव गरेको छ । जसमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, चमेलिया/डिलासैनी गाउँपालिका, दोगडा–केदार गाउँपालिका, सुनर्या/पातालभूमेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC