site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
थ्रेसहोल्डको व्यवस्थाका लागि कांग्रेस आन्तरिक छलफलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकमा संशोधन गरेर थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने भन्दै कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ ।
आज पनि कांग्रेस आन्तरिक छलफलमा छ । थ्रेसहोल्डको व्यवस्था गर्ने गरी कांग्रेसले बिहीबार पनि आन्तरिक छलफल गरेको थियो ।
पार्टीका शीर्ष नेताहरूको बैठकपछि आजै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रमुख नेताहरुसँग आज पनि छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।
यसअघि १० हजारको हस्ताक्षर बुझाउनुपर्ने भए पनि अहिले पाँचसयको हस्ताक्षरको व्यवस्थासहित विधेयक संसद्मा विचाराधीन अवस्थामा छ ।
कांग्रेसका सांसद भरत कुमार साहले संशोधन प्रस्ताव दर्ता गराइसके पनि पार्टीको आधिकारिक धारणासहितको संशोधन प्रस्ताव दर्ताको प्रयास भइरहेको एक नेताले बताए ।
नेकपा एमालेका सांसदहरुले पनि पाँच प्रतिशतसम्म थ्रेसहोल्ड राख्नुपर्ने व्यवस्था गर्नुपर्ने भन्दै यसअघि नै संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, राजेन्द्र पाण्डे र रवीन्द्र अधिकारीले राखेको संशोधन प्रस्तावमा भने प्रत्यक्षतर्फ एकसिट जितेको वा कम्तीमा तीन प्रतिशत मत ल्याएको दलले मात्रै समानुपातिकतर्फ सिट पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।  कांग्रेस सांसद साहले राखेको संशोधन प्रस्तावमा भने ५ प्रतिशत थ्रेसहोल्डसहितको व्यवस्था हुनुपर्ने उल्लेख छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७३  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC