site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ने क पाको हेडक्वार्टर धुम्बाराहीमा, मन्त्री र सांसदले पार्टीको मुख्य पद नपाउने 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय (हेडक्वार्टर) को बैठकले मुख्यालय धुम्बाराहीमा र जनसंगठन, केन्द्रीय विभागको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने निर्णय गरेको हो । यसअघि दुवै ठाउँमा केन्द्रीय कार्यालय रहने जानकारी गराइएको थियो ।

त्यस्तै प्रदेश र जिल्ला तहका पार्टी संरचना एकीकरण गर्न गठित कार्यदलको समयावधि साउन मसान्तसम्म थप गरिएको छ । ७ प्रदेश, २२ जन संगठन र प्रवास कमिटी समायोजन गर्ने कार्यदलले समयसीमाभित्र कार्य सम्पादन गर्न नभ्याएकाले समय थप गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ती कार्यदललाई जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार राष्ट्रिय परिषद् र केन्द्रीय विभागका सदस्यहरूको नाम सिफारिस गर्न, राय पठाउनसमेत कार्यादेश दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री सांसद्ले मुख्य पद नपाउने
 

बिहीबारको बैठकले संघीय, प्रादेशिक मन्त्री, मुख्यमन्त्री, मुख्य सचेतक, सचेतक, दलका नेता, स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समिति संयोजकले प्रदेश र जिल्ला तहका मुख्य पद (अध्यक्ष, सचिव)को जिम्मेवारी नपाउने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
त्यस्तै उनले प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभाका सांसद्लेसमेत जिल्ला कमिटी र सोभन्दा तलका कमिटीमा मुख्य पदमा पदमा जिम्मेवारी पाउने छैनन् ।

विनियम बनाउन कार्यदल
\"\"

त्यस्तै आजको बैठकले पार्टीको विनियम, आचारसंहिता, निर्देशिका तयार पार्न सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, फम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल सदस्य रहेको कार्यदल निर्माण गरेको छ ।  त्यस्तै बैठकले साउनको मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको छ । यसैगरी भदौ ८ र ९ गते स्थायी कमिटीको बैठक आह्वान गरिएको  श्रेष्ठले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा सेप्टेम्बर १२–१८ सम्मको भ्रमणमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने निर्णय पार्टी हेटक्वार्टरले गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १८:०१
प्रतिक्रिया दिनुहोस्