site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारोमा लोभिएर सरकार परिवर्तन गरेर आफू प्रधानमन्त्री बनेको बताएका छन् । 
प्रथम संविधान दिवसको अवसमा नेकपा एमाले काठमाडौंले वसन्तपुर डवलीमा आयोजना गरेको कार्यक्रममा उनले देशलाई अस्थिरताको भुमरीमा फसाउने गोटी प्रचण्ड बनेको टिप्पणी गरे । 
“संविधान बन्न नदिने चलखेल निस्तेज पार्यौँ, संविधान जारी गरेपछि एमाले नेतृत्वमा सरकार बन्न नदिने षड्यन्त्र पनि चिर्न सक्यौँ तर संविधान कार्यान्वयन गर्ने र देशलाई विकासको बाटोमा धकेल्ने मूल लक्ष्यका साथ अगाडि बढेको हाम्रो नेतृत्वको सरकारलाई जोगाउन सकेनौँ,” उनले भने, “षड्यन्त्रकारीहरूले प्रचण्डलाई चारो हालेर लोभ्याए, उहाँ फस्नुभयो ।”
उनले वर्तमान सरकारले अघिल्लो सरकारले नै ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने नयाँ ल्याउन नसक्ने भएकाले सरकार गठनको औचित्य पुष्टि हुन नसक्ने समेत बताए । 
उनले यो सरकारले संविधान कार्यान्वयन र निर्वाचन गराउनै नसक्ने जिकिर गरे । “संविधान कार्यान्वयन गर्न र निर्वाचन गर्न बनेको सरकार गिराएर बनेको सरकारले ती कार्यभार कसरी पूरा गर्छ ?” उनको प्रश्न थियो । 
उनले कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन गर्न नसकिने प्रष्ट पारे । “तलब भत्ता खाएर पाँच÷सात जना सडकमा उफ्रिएकै भरमा कसरी संविधान संशोधन हुन्छ ?,” उनले प्रश्न गरे । उनले संविधान नमान्ने देशका नागरिक हुनै नसक्ने पनि बताए । “संविधान सलाई कोरेर जलाउनेहरू कसरी यो देशको नागरिक हुन सक्छन् मलाई शंका छ,” उनको भनाई थियो ।
उनले नयाँ संविधानको धारामा टेकेर सभामुख निर्वाचन, राष्ट्रपति र प्रधानमन्त्री निर्वाचन भइसकेकाले संविधान कार्यान्वयन प्रक्रियामा अघि बढी सकेको जिकिर पनि गरे ।
त्यस्तै उनले एउटा सरकार प्रमुख नाकाबन्दी फिर्ता नभएसम्म भारत भ्रमणमा जान्न भन्ने अर्को प्रधानमन्त्री प्रधानमन्त्री निर्वाचित हुने वित्तिकै बुर्कुसी मारेर भ्रमणमा जानुले सरकार कसको इशारामा चलेको र त्यो सकारको आधार के भएको प्रष्ट हुने समेत बताए । 
त्यस्तै उनले प्रचण्डले देशका जनताको भावना र मर्म विपरित भारतसँग परराष्ट्र नीति र भारतले बनाइदिएका विकास आयोजनाको अनुगमन सम्बन्धि सम्झौता गरेको बताए । “भारतीय दूतावासका कर्मचारी र नेपाल सरकारले ती आयोजनाको संयुक्त अनुगमन गर्ने सम्झौता भएको रहेछ के नेपाल सरकार र भारतीय दूतावासका कर्मचारी समान हैसियतका हुन् ?,” उनको पश्न थियो ।  अन्तिममा उनले वर्तमान सरकारले जनआकांक्षा र संविधानको मर्म बोक्न नसक्ने ठोकूवासमेत गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC