site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री काठमाडौंमा खाएर दिल्ली चुठ्न किन जानुभो ? : ओली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको दिल्ली भ्रमण अनुपयुक्त भएको बताएका छन् । पहिलो संविधान दिवसका अवसरमा एमाले काठमाडौंले आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण काठमाडौँ खाएर हतार–हतार दिल्ली चुठ्न पुगेजस्तो भएको टिप्पणी गरेका छन् । 
उनले  भारत भ्रमण अघि दुवै छिमेकी देश विशेष दूत पठाउनु पनि अनुपयुक्त भएको जिकिर गरे । “ पुष्पकमल दाहाल  प्रचण्डले प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्टै दुवै देशमा दूत पठाउनुभयो,” ओलीले प्रश्न गरे,“ के ती देशसँग सम्बन्ध बिग्रेको थियो ? कि भारतलाई फेरि नाकाबन्दी लगाऊ भन्न पठाएको ?”
भारत पुगेर फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले भारतकै बोली बोल्न थालेको तर्क गरे । “उहाँ अहिले संविधान कार्यान्वयन होइन संविधान संशोधन गर्नुपर्छ भन्न थाल्नु भएको छ,” उनले भने, “अँध्यारो कुनामा बसेर सम्झौता गरेर र विदेशीको उक्साहटमा लागेर संविधान किन संशोधन गर्ने ?”
सर्वग्राह्य र सर्वस्वीकार्य शब्द रुपमा चिल्लो भए पनि सारमा कपटी शब्द भएको बताउँदै कुनै पनि देशको संविधान सर्वस्वीकार्य हुनै नसक्ने जिकिर गरे । “भारतको संविधान ६५ प्रतिशतले हस्ताक्षर गरेको हो, अमेरिकाको संविधान ५२ प्रतिशतले बनाएको हो, सर्वस्वीकार्य भगवान र वेदको पुस्तक त हुँदैन,” उनको तर्क थियो । 
उनले दश बाह्र जना उफ्रिएर संविधान संशोधन हुन नसक्ने र त्यसका लागि एमालेलाई मनाउनुपर्ने धारणा अघि सारे । 
“संविधान जारी भएको एक वर्षपछि आएर केही बुद्धिजीवीहरूले कुरा बुझेछन्,” उनले भने, “उनीहरू भन्दैछन् संविधान संशोधनका लागि एमालेलाई मनाउनुपर्छ ।”
उनले तराईबाट लखेटीएर टुंडिखेलको त्रिपालमुनी आइपुगेको त्यहाँबाट पनि हारमान्नु भइसकेको भन्दै दश–बाह्र जना मधेसी नेता उफ्रँदैमा उनीहरूका कुरा मान्न नसकिने स्पष्ट पारे । 
त्यस्तै ओलीले प्रचण्ड प्रधानमन्त्रीको हरियो घाँसमा लोभिएको टिप्पणी गरे । “हरियो घाँसमा पाठो लोभिएझैँ प्रचण्ड सत्तामा फस्नुभयो,” ओलीको भनाइ थियो, “अगाडि घाँस देखाएर भारतले पछाडि चुप्पी बोकेको पत्तै पाउनु भएन !”
उनले प्रचण्ड भारत पुगेर त्यहाँको प्रधानमन्त्रीले जे–जे देखाए त्यसैमा लुरुक्क परेर सही ठोकेर आएको बताए ।
“उहाँ भारत पुगेर दूतावासका कर्मचारी र नेपाल सरकारको हैसियत एउटै हो भनेर ल्याप्चे लगाएर आउनु भएको छ, नेपालको र भारतको परराष्ट्र नीति एउटै हुने कुराका प्रचण्डले हस्ताक्षर गर्नु भएको छ,” ओलीले भने । 
आफूहरूले देशको हितविपरित सम्झौता नगर्न सुझाए पनि प्रचण्डले ‘राम्रै मनशाय’ सम्झौता गरेको बताएर परराष्ट्र नीतिलाई भारतको इसारामा चल्ने बनाएको आरोप लगाए । 
“हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति हो, हामी संयुक्त राष्ट्र संघको वडा पत्र, पञ्चशिलको सिद्धान्त अनुरुप हाम्रो परराष्ट्र नीति सञ्चालन हुनुपर्छ, प्रचण्डले गर्नु भएको सम्झौताले त्यो भावना विपरित छ,” उनको भनाइ थियो ।
प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भन्ने कुरा नै नभएर नगएको टिप्पणी गरे । “सबै कुरा भारतमा भनेर आइसक्नु भएको छ, त्यहाँ के भन्न जानू ? उहाँलाई अप्ठेरो परेको कुरा म बुझ्छु, अरु पनि केही कारण हुन सक्छन्,” उनले अन्तिममा टिप्पणी गरे ।
तस्बिर :  (रासस)
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC