site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
के हामी कंस राजमा छौं ?

भूचन्द्र बैद्यले ‘हे कृष्ण’ धार्मिक तथा पौराणिक दृष्टिले भगवान श्री कृष्णको जीवनी लेखेका छन् । त्यो सारै सरल नेपालीमा बयान गरिएको कथा छ । तर सत्य, द्वापर, त्रेता युगमा घटेका घटनाहरु पनि आजको कली युगमा कतिको चरितार्थ हुँदो रहेछ भनेर पाउन सकिंदो रहेछ । कृष्णका मामा कंसको शासन पद्धतिको बयान पढदा आज भोलिको नेपालको झझल्को दिने रहेछ । जस्तो एउटा बयानमा भनिएको छ, ‘एकातिर आम जनता सँधै अभाव र असुरक्षाले पीडित हुँदै रहे भने अर्कोतिर कंसले राज्यकोषको अन्धाधुन्ध दुरुपयोग गर्दै खूब मोजमस्ती गर्थे र आफ्ना आसेपासेलाई पनि मनपरी पद र सुविधा भोग्न दिन्थे । कंसकै आडभरोसामा कंसका सेना र मतियारहरले पनि मथुरामा मनपरी गर्न पाएका थिए । चारैतिर सक्नेले जे गरे पनि हुन्छ भत्रे भावना प्रबल हुँदै गइरहेको थियो ।’

नभन्दै नेपालमा पनि यसतै प्रकारले राज्य कोषको दुरुपयोग भएको र भइरहेको समाचार दैनिक जसो आइरहन्छ । एउटा समाचार अनुसार २०७३ यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको दुइटा सरकारले करीब ८३ करोड रुपैया आर्थिक सहायताका नाममा दलका नेता तथा कार्यकर्तालाई वितरण गरेको भेटियो । त्यसैगरी शेर बहादुर देउवाको सरकारले पछिल्लोपालि १८ दिनमा आफ्ना अनुयायी नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा करीब १७ करोड रुपैया बाँडेको खबर आयो । यो काम त्यसबेला भयो जुन बेला उनको सरकार निर्वाचन पछि कामचलाउ भएको थियो । त्यस बेला उनले ८७३ जनालाई सो रकम बाँडिदिएका थिए । त्यसको लगत्तै पछि उनले अरु ३४५ जनालाई करीब ७ करोड रुपैया वितरण गरिदिए । यसरी ५ महिना भित्र करीब ३३ करोड रुपैया बाँडिदिए । 

Agni Group

बैद्यले लेखेका छन् कि कंसको राज मथुरावासीका लागि ठूलो दुर्भाग्य सिद्ध हुँदै गयो । समस्त व्रज क्षेत्र कंसको निरङ्कुशताबाट प्रताडित हुँदै रहेको अवस्था भयो । कंसले मथुरालाई आफ्नो बिर्ता सम्झेका थिए । उनी जे बोल्थे, त्यही मथुराको कानुन हुन्थ्यो । राज्यको ऐन, नियम बनाउने पनि शासक वर्ग नै हो र ऐन, नियमले हित गर्ने पनि शासक वर्गको मात्रै हो भने जस्तै भइरहेको थियो । जताततै उच्छृङ्खलता, अत्याचार, लुटपाट र बलमिचाइको जगजगी भयो । के यही हाल आजको नेपाली समाजको छैन?

बैद्यको अरु बयान पनि आजको परिस्थितिसित मिल्दोजुल्दो देखिन्छ । उनले भनेका छन् कंसको करतुत देखेर मथुराका जनता आक्रोशित नभएका होइनन्, तर उनको विरोधमा खुलेर बोल्ने हिम्मत कसैमा थिएन । त्यसैले गर्दा अन्यत्र गएर गरीखान सक्छु भनी आँट गर्न सक्ने युवाहरु र अन्याय भएको टुलुटुलु हेरेर बस्न नसक्ने खालका बुज्रुकहरु धमाधम मथुरा छोडेर छिमेकी राज्यहरुतिर पलायन भइरहेको अवस्था थियो । कोही भने व्रज क्षेत्रकै भित्री भागतिर गएर बस्न थालेका थिए । कंसलाई रिझाउन सकेका वा कंससित कुनै विशेष खालको सम्बन्ध भएको कारणले गर्दा आफ्नो सफाया नै हुने अवस्था नआउला भनी ढुक्क हुन सक्नेहरु मात्रै मथुरामा अलि पीर नमानिकन बस्न सकेका थिए । यादवहरुले आफ्नो थातथलो छाडेर अन्यत्र जान थालेकोमा कंस र उनका मतियारहरु भने आफ्नो विरोधमा उठ्न सक्ने विरोधको संभावना मत्थर हुँदैछ भनी खुसी मान्दै थिए । वास्तवमा कंस आफ्नो कित्तामा बस्नेहरु मात्रै मथुरामा रहून भत्रे चाहन्थे, किनकि उनी आफ्नो समर्थन नगर्नेको छायाँसमेत हेर्न सक्दैनथे । उनलाई कसैले आफ्नो विरोधमा आवाज उठाउला भत्रे पीर पनि थियो । उनी नयाँ पीढीसित विशेष डर मानिरहेका थिए । तसर्थ मथुराका युवाहरु अन्यत्र जान थालेकोमा कंसले कुनै मतलब राखेका थिएनन् । के ६० लाख नेपाली युवाहरुको पलायनलाई यसै परिपेक्षमा हेर्न सकिन्न ? 

Global Ime bank

बैद्यले भेका छन् कि दिनरात भोग्नुपरेको कष्ट र कुशासनको पीडाले गर्दा जनता कंसप्रति झन्झन् आक्रोशित हुँदै गए । अधिकांश ब्रजवासीहरुको मनमा लाग्यो कि विवेकहीन शासकको हातमा राजसत्ता पर्नु भनेको बडो खतरनाक हुँदो रहेछ र त्यसतो अवस्थामा जनताले विपत्ति भोग्नुको विकल्प नहुने रहेछ । उता कंसलाई भने जनताले के सोच्लान् र के भन्लान् भत्रे कुराको मतलब नै थिएन । उनले जथाभावी कर असुलेर जनताको पीडामाथि मजाक गर्दै रहे र जनताको रगत पसिनाको आर्जनलाई आफ्ना मतियार र सैनिकहरुलाई मनपरी ढङ्गले बाँडने पनि गरे । जनता अभावको पीडा भोग्दै थिए भने कंसले गर्ने भागबन्डामा हिस्सा पाउनेहरुले मोजमस्ती गर्दै रहे । यसतै अवस्थाको स्मसण गराउँदै अर्थमन्त्री युवराज खतिवडाले विगतका सरकारले आर्थिक अनुशासन उल्लंघन गरेकाले मुलुकको ढुकुटी रित्तो हुन पुगेको घोषणा नै गरे । 

बैद्यको बयानमा भनिएको छ मथुराको सामाजिक अवस्था अचम्भको देखियो । देशमा दुःख छ भनुँ भने कंस र उनका कित्ताका मान्छेहरुले मोज गरेको गरै थियो । उनीहरुका लागि सबै थोक सर्वसुलभ थियो, कुनै कुराको कमी थिएन, सहकालको अवस्था थियो । उता सोझा र निमुखा जनताका लागि भने सबै कुरा दुर्लभ थियो, जताततै अभावै अभाव थियो, सर्वत्र अनिकाल थियो । (गरीब नेपालीले सिटामोल नपाउनु र नेताहरु रुगा लाग्दा पनि बिदेशमा औषधोपचार गर्न जानु पनि त्यसतै हो ।) जनता बिचराले हामीलाई दुःख भयो भनेर गुनासो गर्न पनि सय चोटि सोच्नुपर्ने अवस्था थियो । फलानोले हजुरको विरोध ग¥यो भनी जासुसले कंसको कान भरेपछि विरोधीको आरोप लागेको व्यक्तिमाथि नानाथरी निहुँ लगाएर कारबाही हुने गथ्र्यो र त्यसतो व्यक्तिको ज्यानसमेत खतरामा पथ्र्यो । यसतो हुँदा पनि मथुरा बाहिरबाट हेर्दा भने मौन देखिन्थ्यो । तर यसको  अर्थ मथुरावासीहरु निदाएर बसेका थिए भत्रे होइन । 

बैद्यको बयान छ कि मथुराको शासन व्यवस्थामा मगधको पकड मजबुत हुँदै गयो र मथुरावासीहरु नै निरीह देखिन थाले । नेपालको शासनमा पनि विदेशीको पकड बलियो रहेको कुरा के उल्लेख गर्नु आवश्यक छ? 
उनले भनेका छन् सक्नेले बोल्छ भने नसक्नेले भित्रभित्रै श्राप दिएर बस्दछ । मानिसको स्वभाव नै हो कि उसले आफूलाई सताउने र पीडा दिनेलाई घृणा गर्छ र अति नै भए पछि उसले सके प्रतिकार गर्छ र नसके त्यो दुष्ट मरे पनि हुन्छ भनी सराप्छ । मथुराका आम जनता भित्रैदेखि कंसको विनाश भएको हेर्न चाहिरहेका थिए । उनीहरु कतैबाट कोही आएर कंसको नाश गरिदिए हुन्थ्यो भनी भगवानलाई पुकार्थे । किनभने सबैको मनमा भगवानकै शक्ति लिएर कोही आए मात्रै कंसलाई मार्न सक्लान् भत्रे लागिसकेको थियो । पाप पराकाष्ठामा पुगेपछि भगवानको अवतरण हुन्छ भत्रेमा सबैको विश्वास थियो । के नेपालीहरु पनि यही विश्वास लिएर बसिरहेका होइनन्?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC