site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको भ्रमण पुराना सम्झौता कार्यान्वयनमा केन्द्रित हुनेछ : परराष्ट्रमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नयाँ सम्झौता नहुने र यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिइने बताएका छन् । 
प्रधानमन्त्रीको भारत भ्रमणअघि एजेन्डा तयारीका लागि भारतीय विदेशीमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा आज दिउँसो दिल्ली जाने तयारीमा रहेका परराष्ट्रमन्त्री महतले बाह्रखरीसँग भने, “यस पटकको भ्रमण नयाँ एजेन्डा छैनन्, पुरानै सम्झौता कार्यान्वयनमा जोड दिइनेछ ।” प्रमको भ्रमण पुराना सम्झौता कार्यान्वयन र दुई देशबीच देखिएको केही असमझदारी अन्त्य गर्ने विषयमा केन्द्रित हुने उनले स्पष्ट पारे । 
५ हजार ४० मेगावाटको पञ्चेश्वर बहुद्देशीय परियोजाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)का विषयमा भ्रमणका क्रममा छलफल हुने महतले जानकारी दिए । त्यस्तै, मुजफ्रपुर–ढल्केबर अन्तरदेशीय ४ सय केभी क्षमताको प्रसारणलाइनको काम सक्न र सोबाट थप बिजुली आयातको वातावरण बनाउन, दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन र बजार पहँुचका विषयमा भारतीय पक्षसँग छलफल हुने मन्त्री महतले बताए । भविष्यमा थप विद्युत् आयात–निर्यातका लागि बुटबल–गोरखपुर ४ सय केभी क्षमताको नयाँ प्रसारणलाइन निर्माणका विषयमा पनि भ्रमणका क्रममा छलफल हुने भएको छ । 
बाढी नियन्त्रण, सिँचाइ, महाकालीमा लिंकरोड निर्माण, हुलाकी मार्गअन्तर्गत अन्य थप सडक निर्माणको विषय पनि भ्रमणको एजेन्डा हुनेछ ।  भ्रमणका क्रममा फास्ट ट्र्याकलगायत अन्य विवादित कुनै पनि विषयमा सम्झौता नहुने परराष्ट्रमन्त्री महतले स्पष्ट पारे ।  
तस्वीर : http://himalayatv.com/
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC