site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको अपकर्ष
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
हुनत, व्यापक जनाधार र लोकतान्त्रिक साख भएको संसद्को सबैभन्दा ठूलो दल भएर पनि नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकारमा जान तयार हुँदा नै नेपाली कांग्रेसको चरम अपकर्ष भइसकेकै थियो । त्यसमाथि मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यहरूको नाम छान्नसमेत नसक्ने सभापति शेरबहादुर देउवाको कमजोरीले कांग्रेसलाई उपहासको पात्र बनाएको छ । महाधिवेशनपछि कांग्रेस अपेक्षाकृत गतिशील र सशक्त हुने अपेक्षा राख्ने कार्यकर्ता र शुभेच्छुकहरू निराश र उदासीन हुन पुगेका छन् । यी पंक्तिहरू लेख्दासम्म कांग्रेसका गुटहरूबीच भाग बन्डा नमिलेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएका समाचारहरू आइरहेका छन् । सभापति देउवा शुकवार उपचारार्थ विदेश जाने भएकाले त्यसभन्दा पहिले नै केही मन्त्रीको मात्रै भए पनि नामावली प्रधानमन्त्रीलाई दिनेछन् भन्ने अनुमान छ । यसैले कुनै पनि बेला मन्त्रिपरिषद् विस्तारको समाचार आउन सक्छ तर त्यसले कांग्रेसको बिग्रेको छवि सुधार गर्न कुनै सहयोग हुनेछैन ।
 
गुटको विस्तार
सुशील कोइरालालाई बाँचुन्जेल गुटबन्दीको जडका रूपमा बदनाम गरियो । उनको छवि नै सानो कोटरीमा रमाउने गुटबन्दीका माहिर खेलाडीजस्तै बन्यो । तैपनि, कोइराला बाँच्दासम्म कांग्रेसभित्र जम्मा दुईवटा गुट थिए । ससाना उपगुट थिए तर तिनको अस्तित्व गुटका नेतामा गएर टुंगिन्थ्यो । शेरबहादुर देउवाले आफू सभापति चुनिए गुटबन्दी सधैँका लागि समाप्त गर्ने घोषणा पार्टीको चुनावमै गरेका थिए । देउवाका दुवै प्रतिद्वन्दीले पनि आफू गुटका पक्षमा नभएको र अन्त्य गर्ने घोषणा गरेका थिए । तर, व्यवहारमा भने उल्टो पो । यही आशमा पद पाउन्जेल पो वा पदको आशा हुँदासम्म त गुटबन्दी कायमै रहने रहेछ । यसैले अहिले देउवाले कांग्रेसभित्र ४ वटा गुट बनाएका होलान् । सभापतिका रूपमा सुशील कोइराला पनि गुटकै नेता देखिएका थिए तर सरकार बनाउने बेलामा उनले देउवाको सिफारिसमात्र लिए । अरू कुनै गुट बन्न दिएनन् । बरु, आफूसँग खासै नजिक नभएकाहरूलाई छानेर मन्त्री बनाए । 
देउवाले कांग्रेसमा विधिवत् ४ वटा गुट बनाउने लक्षण देखाए । उनलाई लागेको होला धेरै गुट भए कम्तीमा पौडेलको गुट त कमजोर होला ! रामचन्द्र पौडेललाई पनि चुनाव हारेपछि गुटसमेत बनाएर बस्न नसके त हराइने डर लागेको हुनसक्छ । कृष्णप्रसाद सिटौलाका लागि त अलग गुटमा नाम दर्ता हुनु नै उपलब्धि हो । पौडेललाई हराउन उनले खेलेको भूमिकाको पुरस्कार पनि हो यो मान्यता । खुमबहादुर खड्का सभापति उमेदवार नभएक पनि एउटा गुटका नेता त हुँदैहुन् । यिनै कारणले सभापति देउवाले पौडेल, सिटौला र खड्कासँग मन्त्रीका नाम मागेको हुनुपर्छ । अर्थात्, सभापति स्वयंले गुटहरूको विस्तार गरेर पार्टी बलियो बनाउने रणनीति अपनाएको देखियो । पार्टीभित्र गुटबन्दी बलियो हुनु ओरालो लाग्ने संकेत हो । दुर्भाग्य, सभापति देउवाले यसको नेतृत्व गरे भने अरू नेताहरूले त्यसलाई मलजल नै गरे । 
 
समानुपातिक सन्तुलन
गुटगत प्रतिनिधित्व गराउने अभ्यासले सबैभन्दा कमजोर त सभापति देउवालाई नै बनाएको छ । यस्तो व्यवहारबाट उनले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने नैतिक अधिकार गुमाएका छन् । यतिमात्र हैन उनको गुटबाट मन्त्री बनाइने चर्चामा रहेका नामहरू हेर्दा उनले आफूलाई अत्यन्त संकीर्ण घेरामा सीमित गराउन खोजेको भान हुन्छ । कांग्रेसले पाउने मन्त्रीमा सके त देशको जनसंख्याको संरचना प्रतिविम्बित हुनुपर्थ्यो । नभए पनि कम्तीमा संसद्को संरचनाअनुसार मन्त्री छानिनुपर्थ्यो । त्यसरी समानुपातिक सन्तुलन मिलाएर योग्यहरूलाई प्रतिनिधित्व गराउन सकेको भए देउवालाई सबैले स्याबासी नै दिने थिए । 
 
नुवाकोटका दुई जना छेत्रीहरूलाई मन्त्री बनाउने तर अरू थुप्रै क्षेत्र र जाति प्रतिनिधित्वहीन हुने भएपछि कांग्रेसले आफूलाई कसरी राष्ट्रिय दल भन्ने हो ? तराई मधेसलाई अधिकार दिने नाममा माओवादीलाई अगाडि सारेर सरकार गठन गर्ने तर मन्त्री बनाउने बेलामा संसद्मा चुनिएर आएका मधेसीको अनुपातमा प्रतिनिधित्व नगराउने गर्नु राजनीतिक बेइमानी हो । त्यसभन्दा पनि बढी अर्को चुनावमा तराईमा कांग्रेसलाई समाप्त पार्ने आत्मघाती कदम अभ्यास हो । 
के गर्नुपर्थ्यो त ?
शेरबहादुर देउवा महाधिवेशनबाट निर्वाचित सभापति हुन् । उनले पार्टीका साथीहरूलाई गुटका आधारमा विभाजित गर्नु हुनेथिएन । पार्टीभित्रको समूह आवश्यकताअनुसार बन्छन् र फेरिन्छन् । अगिल्लो पटक सुशील कोइरालासँग रहेकैमध्ये कतिपयले यसपटक देउवालाई साथ दिए । यसैले पनि यस्तो गुट स्थायी हुँदो रहेनछ भन्ने स्पष्ट हुन्छ । त्यसैले सबै साथीलाई उनीहरूले पाउने उचित सम्मान दिने, सल्लाह लिने तर निर्णय आफैँले विवेक प्रयोग गरेर गर्ने अभ्यास गर्नुपर्थ्यो । उनले त्यति गर्न सकेका भए सायद गुटगत भागबन्डाको अभ्यास बिस्तारै समाप्त हुँदै जाने थियो । पक्कै पनि सिंगो पार्टीको नेता बन्नुभन्दा एउटा गुटको नेता हुन सजिलो होला । किनभने सिंगो पार्टीको नेता हुन छाती पनि फराकिलो हुनुपर्छ । विवेक पनि प्रयोग गर्नुपर्छ । मन नपर्ने व्यक्तिलाई पनि स्थान दिनुपर्छ, साथै राख्नुपर्छ । गुटको नेता हुन थालेपछि त के भयो र जति खुम्चे पनि भयो जति खुम्च्याए पनि भयो । तर, त्यस्तो व्यवहारले न पार्टी वा देशको हित हुन्छ न नेताकै इज्जत बढ्छ । गुटलाई मान्यता दिँदै गएपछि अन्ततः पार्टी टुक्रने पृष्ठभूमि न बन्ने हो ।
 
अझै बेला छ, सिंगो पार्टीको सभापति बन्ने आँट र विवेक मन्त्री छान्दा देखाएर देउवाले देशकै नेता बन्ने बाटो खोल्न सक्छन् । माओवादी केन्द्रले नौ महिनापछि साथ दिन्छ भनेर ढुक्क हुनु मूर्खतामात्रै हो तर पार्टीलाई गुट मुक्त गरेर एक बनाउन सके आसन्न निर्वाचनमा कांग्रेसकै भलो हुन्छ । अझै पनि कांग्रेसलाई हराउने कांग्रेसले नै हो । यदुवंशी बन्न छाड्नेबित्तिकै कांग्रेस अजेय हुनेछ । 
त्यति गर्न सके अहिले ओरालो लागेको कांग्रेस र देउवा दुवै उकालो लाग्नेछन् ।  
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC