site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने विभिन्न परीक्षाको प्रश्नपत्र आउट गर्ने एक गिरोहलाई प्रहरीले यिनन्त्रणमा लिएको छ । बीबीएस पहिलो वर्षको बिजनेस इकोनेमिक्सको प्रश्नपत्र आउट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । परीक्षाको प्रश्नपत्र गोप्य रुपमा लिक गरी आर्थिक असुली गर्दै आएको १४ जनाको गिरोहलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका रामदत्त जैसीले बताए । 

यसरी भयो प्रश्नपत्र आउट 

Agni Group

कलंकीस्थित गणेशमानसिंह क्याम्पसमा परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको रहस्य खुल्यो । प्रहरीले १४ जनालाई पक्राउ गरी गुपचुप सार्वजनिक मुद्दा चलाएको छ । उक्त परीक्षा केन्द्रमा परीक्षा दिँदै आएका विश्व चापागार्इं मोबाइलबाट चिट चोर्दै गरेको अवस्थामा फेला परे । उनको मोबाइल नियन्त्रणमा लिएर हेर्दा प्रश्नपत्रको फोटो नै देखियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । उनलाई त्यो फोटो काठमाडौंको सिफलमा रहेको ब्रिलियन्ट कलेजको लेखा शाखामा काम गर्ने रविन्द चन्दले दिएको पत्ता लाग्यो । चन्दले उनकै कलेजमा अध्यनरत दुर्गा रिजाललाई फोटो खिचेर दिएका रहेछन् । दुर्गा रिजालले अन्यलाई पास गरेका रहेछन् । यसरी आउट भएको पश्नपत्र १४ जनाको हातमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वरका रविन्द्र चन्द, दाङ फूलवारीका दुर्गा रिजाल, सिन्धुली पोखरीका तिलकबहादुर रावत, काभ्रे तिमालका जयराम बडाल, धनुषाका कौशल घिमिरे, अछाम साँफेका रेवन्त ठकुल्ला छन् ।

Global Ime bank

प्रहरीका अनुसार अभियुक्त रविन्द्रले प्रश्नपत्रको फोटो खिचेर शुरुमा सो फोटो दुर्गालाई भाइवरमार्फत पठाएका थिए । सो फोटो दुर्गाले ब्लुटुथमार्फत रावतलाई, रावतले पनि जयरामलाई, जयरामले कौशललाई र कौशलले ठकुल्लालाई पठाएका थिए । अभियुक्त ठकुल्लाले खोटाङका केदार भट्टराईलाई, भट्टराईले नुवाकोटका बद्री सापकोटा, सापकोटाले संखुवासभाका विसु राईलाई, विसुले स्याङजाका कुसुम थापा, कुसुमले मकवानपुरका उर्मिला थिङ तामाङ, कालिकोटका उपेन्द्र जोशीलाई, पर्वतका विश्व चापागाई र झापाका उमेश ढकाललाई पठाइदिएका थिए ।

पक्राउ परेको यो गिरोहले योजनावद्ध ढंगले त्रिविवि अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने प्रत्येक परीक्षाको परिक्षाकेन्द्रबाट नै प्रश्नपत्र लिक गरी आर्थिक रकम लिएर बाँड्ने गरेको प्रहरीको दाबी छ । 

पक्राउ परेका धेरैजसो अभियुक्तहरु विद्यार्थी हुन् भने रकम लिएर प्रश्न पत्र लिक गर्नेहरु परिक्षा केन्द्र तोकिएका कलेजहरुमा कार्यरत कर्मचारी हुन्।

स्रोतका अनुसार पक्राउ परेका काभ्रेका जयराम वडालको प्रहरीका उच्च अधिकारीसँग पनि राम्रो सम्बन्ध छ । अनुसन्धान गर्दै जाँदा उनले प्रहरीका बाहालवाला केही अधिकारीलाई समेत आफूले मास्टर गर्दा भूमिका खेलेको भन्न थालेपछि प्रहरी समेत हच्केको थियो । उनीहरु पक्राउ परेपछि धेरै तिरबाट समेत मुद्दालाई खुकुलो बनाउन दबाब परेको प्रहरी स्रोतले जानकारी दियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC