site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणबाट दुई देशको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासकाअनुसार श्रीवास्तव नेपालका लागि २६औँ राजदूत हुन् । यसअघिका राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि श्रीवास्तव नेपालको राजदूतमा नियुक्त भएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय