site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश र प्रतिनिधिसभा निर्वाचन कात्तिक २७ गते प्रस्तावको तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी थालेको हो ।

आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ । कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी छलफल भएको एक आयुक्तले जानकारी दिए ।

“सरकारसँग अनौपचारिक रूपमा छलफल भएको छ । कात्तिक अन्तिम साता चुनाव गर्ने गरी छलफल भएको हो । निर्वाचनको मितिबारे ठोस त भइसकेको छैन,” ती आयुक्तले बाह्रखरीसँग भने, “तर, कात्तिक २७ गते चुनाव गर्न आयोग तयार छ । हाम्रो प्रस्ताव सरकारलाई यही रहन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनमा नै औपचारिक रूपमा मिति प्रस्ताव गर्ने तयारी भइरहेको उनले बताए ।

आयोग एकै चरणमा निर्वाचन गर्न सकिने निष्कर्षमा पुगेको छ । सोहीअनुसार सरकारलाई प्रस्ताव गरिने उनले जानकारी दिए ।

Global Ime bank

एकै चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती हुन सक्ने कुरा पनि उठेको छ । उनी भने सुरक्षा चुनौती नहुने दाबी गर्छन् ।

“कसरी सुरक्षा चुनौती हुन्छ ? हामीले भर्खर एकै चरणमा स्थानीय चुनाव गराएका होइनौँ र ? प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि एकै चरणमा गर्न आयोग तयार छ,” उनले भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने आयोग निर्वाचनका लागि तम्तयार भएको बताए । सरकारसँग औपचारिक छलफलपछि मात्र मिति टुंगो लाग्ने हुने भनाइ छ ।

“सरकारसँग औपचारिक कुराकानी भएको छैन । निर्वाचनका लागि आयोग तम्तयार छ । एकै चरणमा गर्ने कुरा भए मंसिरको पहिलो साता गर्ने,” उनले भने, “एकै चरणमा गर्नका लागि चुनौती देखिए कात्तिकको अन्तिम साता र मंसिरमा गर्ने आयोगको सोचाइ हो ।”

मंसिर १० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यता रहेको आयोगका पदाधिकारीहरू बताउँछन् । आयोगले सरकारसँग मिति प्रस्ताव गरेपछि सरकारले निर्वाचनको मिति तोक्नेछ ।

कात्तिक अन्तिम साता वा मंसिरमा निर्वाचन हुने शीर्ष नेताहरूले बताइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय