site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको यादवसँग भेटवार्ता, नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । 

“समसामयिक राजनीति, संघीय संसद्लाई सुरु गर्ने र सरकारको नीति तथा कार्यक्रम तथा संसदमा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,” भेटबारे गृहमन्त्री खाँणले भने, “छलफल सकारात्मक भएको छ ।” 

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषय भेटको प्रमुख उद्देश्य थियो । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् । 
 
यसअघि मन्त्रीद्वयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय