राजनीति
सिरहा । कर्जन्हा नगरपालिकाको प्रमुखमा एमालेका भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने जनता समाजवादी पार्टीका अगाडि आएको छ । जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १४:०८
प्रतिक्रिया दिनुहोस्