site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१२१ पालिकाको नेतृत्वसहित कांग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।

कांग्रेसले अहिलेसम्म १२१ स्थानमा विजयी हासिल गरेको छ भने १८५ पालिकामा अग्रता कायमै राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

७५३ पालिकामध्ये अहिलेसम्म ७०१ पालिकाको मतगणना भइरहेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ ।

कांग्रेसले १२१ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७५ पालिकाको नेतृत्व लिन सफल भएको छ भने १२० तहमा अग्रता कायमै राखेको छ ।

Global Ime bank

नेकपा माओवादी केन्द्रले भने एमालेलाई पछ्याइरहेको छ । माओवादीले अहिलेसम्म ५९ तहमा विजय हासिल गरेको छ । ५५ तहमा अग्रता कायमै राखेको छ ।

नेकपा एकीकृत समाजवादीले भने निकै कम स्थानमा विजय हासिल गरेको छ । अहिलेसम्म जम्मा ४ तहमा विजय हासिल गरेको छ भने १७ तहमा अग्रता लिएको छ ।

तर निर्वाचन आयोगले भने अहिलेसम्म २२७ तहको परिणाम आधिकारिकरुपमा सार्वजनिक गरेको छ । जसमध्ये कांग्रेसले १०६, एमालेले ६३ र माओवादीले ४८ पालिकामा जित हासिल गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement