site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेता फकाउन देउवाको ‘साइड मिटिङ’ !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा उमेदवार चयन गर्न कसरत जारी छ । नेताहरू निरन्तर अनौपचारिक छलफलमा जुटे पनि सहमतिमा पुगिसकेका छैनन् । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार टुंगो लगाउन सकस भएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरूसित ‘साइड मिटिङ’ गरेका छन् । देउवाले शनिबार नेताहरूसँग अलग–अलग छलफल गरेका हुन् ।

"बिहानदेखि हामी छलफलमा छौँ । तर, यहाँ खास बैठक अहिलेसम्म पनि बसेको छैन," एक नेताले भने, "सभापतिज्यूले ‘साइड मिटिङ’ गरिरहनुभएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसमा कहाँ कसलाई उमेदवार बनाउने भन्ने छलफल टुंगिएको छैन । यसैबीच, शनिबारै बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

उमेदवारका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । शीर्ष नेताहरूबीच सहमति भएको नाम कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरिनेछ ।

Global Ime bank

नेताहरूबीच अहिलेसम्म काठमाडौं महानगरको मेयरमा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उमेदवार बनाउने सहमति भएको छ । यस्तै, भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाई उमेदवार बनाउने सहमति भएको स्रोतले जानकारी दियो ।

ललितपुर महानगर र विराटनगर महानगरमा भने चर्को विवाद छ । ललितपुरमा वर्तमान मेयर चिरीबाबु महर्जन र प्रेमकृष्ण महर्जनमध्ये कुनै एक नाममा सहमति हुन नसकेको हो ।

विराटनगरमा भने देउवाले अमृत अर्याललाई अगाडि सारेका छन् । नेता शेखर कोइरालाको रोजाइमा नागेश कोइराला छन् । नेता कृष्णप्रसाद सिटौला भने भीम पराजुलीलाई दोहोर्‍याउने पक्षमा छन् । भीमलाई टिकट दिए जित्ने सिटौलाको दाबी छ । स्रोतका अनुसार शेखरको प्रस्तावमा नेताहरू विमलेन्द्र निधि र शशांक कोइराला पनि सकारात्मक छन् ।

दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय