राजनीति

काठमाडौं । आगामी स्थानीय निर्वाचनमा उमेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।
बहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै पदबाट राजीनामा दिनुपर्नेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।
राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा उक्त विषय उल्लेख छ ।
“कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उमेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ,” आचारसंहितामा भनिएको छ ।
आचारसंहिताको पूर्णपाठ–
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८ १७:५३
प्रतिक्रिया दिनुहोस्