site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी आज पनि टेबल नहुने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आज पनि संसद्मा टेबल नहुने भएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा एमसीसी समावेश छैन ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमसीसी टेबल नहुने भएको हो । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्थाको बैठक बसेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहभागी भएन ।

अहिले केही बेरमा प्रतिनिधिसभाको बैठक बस्दै छ । एमालेले संसद् अवरोध पनि जारी राख्ने जनाएको छ ।

Global Ime bank

कार्यव्यवस्था परामर्श समितिको बैठकअघि बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूको बैठकमा आज एमसीसी टेबल नगर्ने सहमति भएको बताइएको छ ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन सकस परेको छ । एमालेले त्यसबारेमा पहिले गठबन्धन प्रस्ट हुनुपर्नेमा जोड दिँदै आएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय