site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

धनुषा । बिहीबारदेखि भएको लगातारको वर्सातका कारण मधेस  प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ ।

तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इँटाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा रु २५ देखि ३० लाख मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन् । इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भने, “वर्षाका कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।” उनले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उनले  भने, “तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन । अर्बौंको क्षति भएको छ ।”

अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी  ६०० इँटा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासी भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ । एक–दुई महिना लगाएर तयार पारिएको इँटा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ । काँचो इँटा तयार पार्न उद्योगले सयौँको सङ्ख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ ।

Global Ime bank

वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए । उनले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताए ।  मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग छन् । यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । उनले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए । 

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन । खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो । दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन् । उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन । 

इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय