site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिमपहिरो जान सक्ने क्षेत्रमा नजान जिल्ला प्रशासनको आग्रह
Sarbottam CementSarbottam Cement

मुस्ताङ । हिमपहिरो जान सक्ने सम्भावित क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ । मानापाथी हिमालबाट आइतबार खसेको हिमपहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्र नजिकै नजान प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद शर्माले आग्रह गरे । 

यद्यपि, मानवीय बस्ती भने पहिरोको जोखिममा नरहेको उनले बताए । “हिम पहिरो गएको ठाउँबाट मानवीय बस्ती निकै टाढा रहेकाले जोखिम छैन । तर, गोठमा जाने वा उक्त क्षेत्रको ठिक तल भएर यात्रा गर्दा जोखिम हुने भएकाले उक्त क्षेत्रको बाटो प्रयोग नगर्न भनेका छौं,” प्रजिअ शर्माले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालका लागि पहिरोको त्रासकै कारण स्थानीय बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । “दीर्घकालीन रुपमा बस्ती स्थानान्तरणको कुरा अलग रह्यो, तर अहिले यही हिमपहिरोको जोखिम भने छैन,” उनले भने ।  

हमपहिरो गएको क्षेत्रमा तीन चौरी पालकका गोठ रहेको भन्दै उनले त्यसबारे आज साँझसम्म पूर्ण जानकारी आउने बताए । 

Global Ime bank

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर गोठका चौँरीगाई बेपत्ता भएका आशंका गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय