site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–२ प्रदेशसभा बैठक दुई महिनादेखि ठप्प
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ को सदन लामो समयदेखि ठप्प छ । राजनीतिक उतार–चढावका कारण प्रदेशसभा बैठक दुई महिनादेखि बसेको छैन ।

गएको असार २९ गते आर्थिक वर्ष ०७८/७९ को बजेट पारित गरी अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको थियो ।

बजेट पारित भएको दुई महिना बिते पनि अर्को बैठकका लागि प्रदेश सरकारले कुनै सुरसार गरेको छैन । तर, सरकारले छटौँ अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक छिट्टै बोलाउन तयारी भइरहेको बताए । दसैँ, तिहारसम्म संसद्को सातौं अधिवेशन आह्वान गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सत्ता समीकरण मिलाउन सरकार व्यस्त हुँदा बैठक बस्न नसकेको उनले बताए । अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या सात पुगेको छ । 

Global Ime bank

नवगठित नेकपा (एकीकृत समाजवादी)ले पनि प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । मुख्यमन्त्री लालबाबु राउत पनि संघीय सरकारमा बनेको समीकरणजस्तै प्रदेशको मन्त्रिपरिषद् विस्तारमा लागेका हुन् ।

अहिले जसपाको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार छ । एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको संख्या पनि बढाउने तयारी गरिरहेको बुझिएको छ ।

गएको जेठमा कांग्रेस र असारमा माओवादीलाई सरकारमा सहभागी गराउन पनि मन्त्रालयको संख्या थपिएको थियो । विभिन्न ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाइसकिएको छ ।

जसपाबाट अलग्गिएर बनेको लोसपा प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको छ । जसपाबाट अलग्गिएपछि १६ जना सांसदले सनाखत गरेसँगै लोसपा तेस्रो ठूलो दल भएको छ ।

जसपाका ३८, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्र र एमालेका आठ/आठ तथा नेससपाको एक सांसद छन् । नेसंसपाको पनि सरकारलाई समर्थन छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय