site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको प्रिस्याट परीक्षा रद्द हुने सम्भावना
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको प्रिस्याट परीक्षा रद्द हुने सम्भावना छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी गराउन प्रहरी प्रधान कार्यालयभित्र लिइएको परीक्षाको प्रश्नपत्र यूएन शाखाबाटै ‘आउट’ भएको थियो । प्रश्नपत्र ‘आउट’ गर्ने कार्यमा तल्लो तहका कर्मचारीको संलग्नता रहेको पुष्टि भएको छ । माथिल्लो तहका कर्मचारीहरूको भने संलग्नता नदेखिएको पाइएको एक उच्च प्रहरी अधिकारीले बताए ।

शान्ति मिसनमा सहभागी हुने प्रहरीको छनोटका लागि गत शनिबार एक हजार चार सय प्रहरी कर्मचारीको लिखित प्रिस्याट परीक्षा लिइएको थियो । यसबाहेक सातवटै प्रदेश प्रहरी कार्यालयबाट पनि परीक्षा सञ्चालन भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रिस्याटमा पास हुने प्रहरी कर्मचारी मात्रै राष्ट्र संघको मिसनमा जान पाउने नियम छ । परीक्षाअघि नै केहीको घरमा ‘पेपर’ पुगेको आशंकापछि प्रहरी प्रधान कार्यालयले डीआईजी वसन्त लामाको नेतृत्वमा एक समिति गठन गरेको थियो ।

समितिका एक सदस्यले भने, “हामीले अनुसन्धान लगभग सकेका छौँ । सम्भवतः परिक्षा रद्द हुनसक्छ । संगठन प्रमुखसँग पनि यसबारे छलफल गर्नेछौँ । देशभरको रद्द गर्ने वा उपत्यकाको मात्रै त्यो पनि अन्तिम निर्णय भइसकेको छैन । घटनामा संलग्नलाई कारबाहीको सिफारिस पनि गर्छौँ ।”

Global Ime bank

प्रहरीको आन्तरिक परीक्षा भएकाले विस्तृत अध्ययनपछि अनुसन्धान टोलीले प्रतिवेदन प्रहरी महानिरीक्षकलाई बुझाउनेछ । आज वा भोलिमा प्रतिवेदन बुझाउने सम्भावना रहेको उच्च प्रहरी स्रोतले जानकारी दियो । 

डीआईजी लामा नेतृत्वको टोलीले यूएन शाखामा कार्यरत सबैमाथि छानबिन गरेको थियो । शंकास्पदहरूको मोबाइलसमेत नियन्त्रणमा लिएर उनीहरूले प्रयोग गर्दै आएका सामाजिक सञ्जालमाथि समेत समितिले अनुसन्धान गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय