site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाको विवादमा सुनुवाइ हुँदै, आजै आदेश आउन सक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुँदै छ । अहिले बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सचिव सुरेश अधिरकारीले जानकारी दिए ।

आजै बहस सकिएर केही आदेश हुन सक्ने उनको भनाइ छ । “आज ११ बजेबाट सुनुवाइ छ । सम्भवतः दुवैतिरको बहस आजै सकिन्छ होला । दुवै पक्षको समय डेढ–डेढ घण्टा दिइएको छ । त्यसो गर्दा करिब साढे तीन घण्टा बहस हुन्छ होला । आज केही आदेश आउन सक्छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलासमा बहस हुनेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो । उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय