site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैलाई निःशुल्क खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड — १९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्रथमिकता भएको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए ।

“विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,” उनले भने, “महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतिपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।”

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल — स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने पनि उनले बताए ।  

अर्थतन्त्र अहिले कमजोर अवस्थामा रहेको भन्दै त्यसलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उनको भनाई थियो । सरकारले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा जोड दिने पनि उल्लेख गरे ।  

परिसंघका अध्यक्ष एमिरेटस विनोद चौधरीले परिसंघले महत्वपूर्ण थिंक ट्यांकको रुपमा काम गरिरहेको बताए । विश्वका सफल उदाहरण हेरेर परिसंघका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले बताए । चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठूलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको बताए ।  

साधारणसभामा प्रमुख वक्ताका रुपमा रहेका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए । उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको बताए ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रुपमा परिसंघलाई अघि बढाएको बताए । अर्थतन्त्रको पुनरोत्थानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने बताए ।

प्रिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड विरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । उनले आर्थिक विकासको महत्वपूर्ण स्तम्भको रुपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह पनि गरे ।

युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ

परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरे । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।

युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । कार्यक्रममा चौधरीले एसियाली देशहरूमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औँ शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको बताए ।

परिसंघको अध्यक्षमा अग्रवाल

परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालेका छन् । परिसंघको १८ औँ वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हन् । अग्रवाल यसअघि बरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान परिसंघमा छ ।

अग्रवालले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । यस्तै परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् । पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन ।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।  

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन भएका छन् ।  

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।  

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro